Friday 26, May 2017
नेपाली समय: 01:44:45
जापानी समय: 04:59:45

मुम्बईलाई हराउदै पुने आइपीएलको फाइनलमा

17 May, 2017

पुने

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मंगलबार रातो भएको पहिलो प्ले अफ खेलमा राईजिंग पुने सुपर जाइन्ट्स बिजयी हुँदै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

गएराति भएको खेलमा लिगको शिर्ष स्थानमा रहदै प्ले अफमा पुगेको मुम्बई इण्डियनस २० रनले स्तब्ध हुन पुग्यो । मुम्बईको वान्ग्खाड़े स्टेडियममा टस हारेर पहिले ब्याटिंग गरेको पुनेले निर्धारित २० ओभरमा २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । उसका लागि मनोज तिवारीले ५८ रन बनाए भने अजिकन्या रहाणेले ५६ रन बनाए ।

त्यस्तै महेन्द्र सिंह धोनीले २६ बलमा छ छक्काको मद्दतले अविजित ४० रन जोड्नु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । अन्तिम २ ओभरमा धोनी र मनोज तिवारीले ४१ रन जोडेका थिए । मुम्बईको लागि मिचेल म्याक्लेघन, लासिथ मालिंगा र कर्ण शर्माले समान १-१ विकेट लिए । १६३ रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बई निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै मात्र १४२ रन बनायो । उसका लागि पार्थिव पटेलले ५२ रन बनाउनु बाहेक अन्यको प्रदत्शन सम्झनलायक रहेन ।

पुने

पुनेको लागि वाशिंगटन सुन्दर र शर्दुल ठकुरले समान ३-३ विकेट लिए भने लकी फर्गुसन र जयदेव उनडकटको भागमा समान १-१ विकेट रह्यो । खेलमा वाशिंगटन सुन्दर म्यान अफ द म्याच भए । यद्यपि हारका बाबजुत पनि मुम्बईले बुधबार राति हुने हैदराबाद र कोलकत्ता बीच हुने  इलिमिनेटर म्याचको बिजेतासंग खेल्नेछ ।

पंजावको प्ले अफमा पुग्ने सम्भावना जिवितै : मुम्बई ७ रनले पराजित

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo