मुम्बई प्रतियोगिताबाट बाहिरियो : दिल्ली ११ रनले विजयी

21 May, 2018 00:11 | खेल | comments | 26700 Views

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत आइतबर भएको खेलमा दिल्ली विजयी भएको छ । दिल्ली विजयी भएसंगै मुम्बई प्ले अफमा पुग्न असफल रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।

adsads

दिल्लीको फिरोज शाह कोटाला मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १७४ रन बनायो । उसको लागि रिशभ पन्तले सर्वाधिक ६४ रन जोडे । उनले ४४ बलको सामना गर्दै ४ चौका र ४ छक्का प्रहार गरे । त्यस्तैविजय शंकरले अवजित रहदै ४३ रन बनए भने ग्लेन म्याक्सवेल २२ रनमा आउट भए । मुम्बईको लागि कृनल पाण्डेय, जस्प्रित बुम्राह र मारकंडेले समान १-१ विकेट लिए ।

१७५ रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बई १९.३ ओभरमा १ सय ६३ रनमा अल-आउट हुन पुग्यो । उसका लागि इभिन लुविसले ४८ रन बनाए भने हार्दिक पाण्डेयले २७ रन बनाए । त्यस्तै बेन कटिङले २० बलमा २ चौका र ३ छक्का सहित ३७ रनको आक्रामक पारी खेले पनि मुम्बईलाई जित दिलाउन सकेनन् । दिल्लीका लागि अमित मिश्र, हर्सल पटेल र सन्दीपले समान ३-३ विकेट लिए भने ट्रेन्ट बोल्टको भागमा १ विकेट रह्यो ।

सन्दीपको तीन विकेट

इन्डियन प्रिमियर लिग आइपिएलको  आफ्नो तेस्रो खेल खेलेका नेपाली खेलाडी सन्दीप लामिछानेले तीन विकेट लिएका छन् ।

आइतबार मुम्बई इन्डियन्स विरुद्धको खेलमा पहिलो ओभरमै बलिङका लागि आएका उनले चौथो बलमै विकेट लिएका थिए । सन्दीपले मुम्बई इन्डियन्सका ओपनर सूर्यकुमार यादवलाई चौथो बलमा आउट गरेका हुन् । त्यसपछि नवौं ओभरमा बलिंग लागि आएका उनले दोस्रो र चौथो बलमा विकेट लिए । सन्दीपले नवौं ओरमा किरोन पोलार्ड र क्रुनाल  पाण्डेयलाई आफ्नो शिकार बनाए ।

पहिलो बलमा चौका, दोस्रो बलमा छक्का दिएका सन्दीपले  चौथो बलमा यादवलाई आउट गर्न सफल भए । तेस्रो बलमा २ रन दिएका उनले पाँचौमा १ र छैटौंमा कुनै रन दिएनन् । आफ्नो अन्तिम ओभरमा पुन: कसिलो बलिङ गर्दै उनले केवल ४ रन दिए । उनले आफ्नो ४ ओभरमा ३ विकेट लिंदै ३६ रन दिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!