मुम्बई विरुद्ध तेस्रो खेल खेल्दै सन्दीप : दिल्ली टस जितेर ब्याटिंग गर्दै

20 May, 2018 19:18 | खेल | comments | 39750 Views

बैंगलोर र चेन्नई विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै स्टाइलिस प्लेयर अफ दी म्याच भइसकेका नेपालका लेस स्पिनर सन्दीप लामिछाने आज(आइतबार) इन्डियन प्रिमियर लिग (आइपिएल)को तेस्रो खेल खेल्दै छन् । त्यस्तै दिल्लीले भनेर टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको छ ।

adsads

सन्दीपले आज (आइतबार ) रोहित शर्माको कप्तानीमा रहेको टोली मुम्बई इन्डियान्स विरुद्ध खेल्न लागेका हुन् । आइपिएलका आफ्नो डेब्यु खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध र दोस्रो खेलमा चेन्नई विरुद्ध उत्कृष्ट र प्रभावशाली प्रदर्शन गरेका कारण सन्दीप आज पनि सुरुवाती ११ मा पर्न सफल भएका हुन् । बैंगलोर विरुद्ध उनले ४ ओभर बलिंग गर्दै २५ रन दिएर १ विकेट लिएका थिए भने चेन्नई विरुद्ध ४ ओभर बलिंग गर्दै २१ रन दिएर १ विकेट लिन सफल भएका थिए । उनले बैंगलोरका ओपनर ब्याट्सम्यान पार्थिव पटेललाई एलबिडब्लु आउट गरेका थिए भने चेन्नईक सुरेश रैनालई क्याच आउट गराएका थिए ।

मुम्बई १३ खेलमा ६ जित दर्ता गर्दै १२ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहेको छ भने दिल्ली ८ अंक सहित अन्तिम स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिसकेको छ । विश्वका दुई उत्कृष्ट खेलाडी विराट कोहली, एबी डि भिलियर्स, शेन वाटसन, महेन्द्र सिंह धोनी र सुरेश रैना जस्ता खेलाडीलाई बलिङ गरेका सन्दिपले आज सन्दीपले रोहित शर्मा र केरन पोलार्डजस्ता विश्वकै प्रसिद्ध खेलाडीहरु बलिङलाई गर्न सक्ने छन् । ।

दिल्ली पहिलो चरणबाटै बाहिरीसकेपनि सन्दिपले आफूलाई प्रमाणित गर्ने मौका भने पाएका छन् । सन्दीपले आफ्नो दुई प्रदर्शनका लागि विभिन्न क्रिकेट खेलाडी तथा आइपिएलका कमेन्टेटर र विश्लेषकहरुबाट बधाई र शुभकामना पाएका छन् ।यदि मुम्बई विरुद्ध उत्कृष्ट प्रदर्शन गरे आगामी आइपिएलमा पनि अवसरको पनि ढोका खोल्न सहज हुनेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

फेसबुक

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

ट्वीटर

सामाजिक सञ्जाल

More