मृतकका परिवारलाई सहयोग गर्न एनआरएनए मकाउको आव्हान

14 July, 2017 10:36 | एन आर एन न्युज | comments | 9600 Views

एनआरएनन मकाउले मकाउस्थित मकाउ म्यानेजमेन्ट कम्पनीमा कार्यरत चितवन माढी नगरपालिका निवासी रविप्रकाश महतको जुलाई १२ मा हृदघातका कारण असामयिक निधन भएकोमा एनआरएनए मकाउले दुःख व्यक्त गरेको छ ।

एनआरएनए मकाउले दुःखको यस घडीमा शोक पूकट गर्दै मृतक महतोको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले आर्थिक सहयोग गर्ने अभियान चलाइरहेको समेत जानकारी दिइएको छ ।

विज्ञप्तिमा मकाउका विभिन्न होटल, कम्पनी र क्यासिनोहरुमा कार्यरत सम्पूर्ण नेपालीलाई एकपटकको नेपाली सधैंको नेपाली र नेपालीको लागि नेपाली भन्ने एनआरएनएको मूल मर्मको स्मरण गराउँदै सहयोगका लागि अपील गरिएको छ

अध्यक्ष मुकेश कुमार बरुवालद्वारा जारी विज्ञप्ति अनुसार मृतक महतोको शव के गर्ने भन्ने विषयमा एनआरएनएका साथै मकाउमा रहेका विभिन्न संघसंस्थाबीच छलफल गरिने समेत जानकारी गराइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More