मृत्यु र पीडाभन्दा पर जापानको सुसाइड फरेस्टको यथार्थ

13 February, 2018 17:51 | जापान | comments | 15150 Views

– जोसुवा मेयेर


जापानको सवैभन्दा ठूलो पारिवारिक विदा नयाँ वर्ष (ओशोगात्सु) को समयमा यु ट्युवका अमेरिकी स्टार लोगन पलले एक जापानी  वनमा आफुले एक मृत व्यक्ति भेटेको भिडियो पोष्ट गरेपछि उक्त वन अन्तराष्ट्रिय स्तरमै विदादमा तानिएको छ । उक्त वनको नाम एओकिगाहारा रहेको छ जुन् सन् ८६४ मा विनासकारी ज्वालामूखी विस्फोटबाट उत्पन्न भएको थियो । उक्त घटनाबाट जापानको प्रशिद्ध पर्यटकिय स्थल माउन्ट फुजीको पनि विकास भएको थियो र यसका कारण अहिलेसम्म पनि जापानमा अचेतना उत्पन्न हुने गर्दछ ।

उक्त कारण र यस वनमा बाटो विराउने घटनाले त्यहाँको दुखद र यथार्थ इतिहास रहेको छ । त्यस वनमा जाने व्यक्तिहरु जिवित रहँदैनन् । यद्यपी उक्त वन अलौकिक सुन्दरताले भरिपूर्ण मानिन्छ जहाँ मानिसहरु मर्नका लागि जाने गर्दछन् । यो मननयोग्य पौराणिक कथा रहेको छ तर पौराणिक कथाहरु परिमार्जन गर्न सकिन्छ । एओकीगाहाराको दुखद इतिहासलाइ वेवास्ता गर्नृ त्यहाँ जीवन गुमाएकाहरुप्रतिको वेइजति गरे बराबर हुनेछ भने त्यसलाइ स्वीकार गर्नुले अलौकिक शक्तिबारे मानवीय अनुमानको अध्यारो पक्षतर्फ लैजान्छ ।

वन संरक्षणको पहिले पाइला त्यसको नामलाइ पुनः दावी गर्नु

एओकीगाहारा वनको नाम हो तर त्यसको पुरा नाम एओकीगाहारा जुकाइ हो जसको जापानी भाषामा ‘रुखहरुको समुद्र’ भन्ने अर्थ लाग्छ । तर यस्ता नाम जापान बाहिरका मानिसहरुले सजिलै स्वीकार नगर्न पनि सक्छन् । अंग्रजी भाषामा भने उक्त वनलाइ सामान्य रुपमा ‘आत्महत्याको जंगल’ भनिन्छ । यसले एओकीगाहाराप्रति तत्काल एक अनौठो भावना उत्पन्न हुन सक्छ जसको समाधान उक्त स्थानलाइ रुखहरुको समुद्र नामाकरण गरेर गर्न सकिन्छ । यसले रुखको उच्च भागहरु हावाको छालजस्तै पहाडबाट उत्पन्न भएको चित्रण गर्दछ । ज्वालामुखीय विस्फोटको वर्तमान खतरा हुँदाहुँदै पनि माउन्ट फुजी एक मनोरम प्राकृतिक धरोहर हो जुन सुन्दरताका लागि विश्वमै प्रख्यात रहेको छ । यसैगरी यहाँको वनपनि त्रासको साटो सुन्दरताका लागि चिनिनु आवश्यक छ । अमेरिकाको क्यालिफोर्निको पहिचानको रुपमा रहेको गोल्डन गेट पुल पनि चुनौतिपुर्ण मानिन्छ तर यसले आफुलाइ सुसाइड ब्रिज नभएर एक सुन्दर आकृतिको रुपमा उभ्याएको छ ।

हरेक स्थानलाइ मृत्युको केन्द्रको रुपमा नलिएर त्यसलाइ सकारात्मक रुपमा लिँदा वार्तालापको तात्पर्य नै परिवर्तन हुन सक्छ । तयसैले उक्त वनलाइ ‘सुसाइड फरेस्ट’ नभनेर ‘द सी अफ ट्रिज’ भन्ने हो की ?

मनै लोभ्याउने प्राकृतिक सुन्दरता

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More