स्विजरल्याण्ड स्विजरल्याण्ड

  • स्विजरल्याण्ड
  • स्विजरल्याण्ड

” मेरो जीवनको सार नै समाजसेवा हो” – महिला फोरम संयोजक लामा(भिडियो सहित)

29 November, 2017 16:13 | एन आर एन न्युज | comments | 26400 Views

स्विजरल्याण्ड

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विजरल्याण्ड महिला फोरमको २०१५-२०१७ कार्यकालमा संयोजक भएर आफ्नो कार्यलाई सफलतापूर्वक सम्पन्न गरिसकेकी मात्र होइन सोही कार्यकालको उनको काम र समाजसेवा प्रतिको अनवरत सक्रियताका कारण नै एनसिसी स्विजरल्याण्डले पुनः उनलाई सन् २०१७-२०१९ कार्यकालका लागि संयोजक पदमा चयन गरेको छ ।

विगत ४१ वर्षदेखि स्विजरल्याण्डमा बस्दै आएकी शुभ एल्मर लामा समाजसेवा प्रतिको आफ्नो रुचिका कारण सन् १९८० देखि नै स्थानीय रुपमा सामाजिक सेवामा आफूलाई निरन्तर सक्रिय राख्दै आईरहेकी छिन् । समाजसेवा मार्फत स्थानीय स्वीस महिला तथा वृद्ध वृद्धाहरुको सेवामा समर्पित मात्र होइन स्विस नागरिकहरुलाई नेपाली भाषा पढाएर समेत नेपालीको शीर उच्च राख्न सक्रिय उनी विगत ६ वर्षदेखि टोनी हेगन फाउन्डेसनको बोर्ड मेम्बर रहेर नेपाल र नेपालीको सेवामा समर्पित छिन् ।

पछिल्लो समय स्वीस नेपाली समाजमा सामाजिक अभियन्ताका रुपमा समेत आफ्नो परिचय स्थापित गर्न सफल बनेकी उनी नेपालमा रहेका असहाय एवं दीन दुःखीको सेवा गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छिन् । त्यतिमात्र होइन नेपालमा गएको बिनासकारी भूकम्पका बेला होस् या भूकम्पपछिको एनआरएनएको १००० घर निर्माण अभियानमा होस् उनी निकै नै सक्रिय रहिन् ।

स्विस नेपाली भूकम्प पीडित पुननिर्माण अभियान मार्फत आफू बस्ने कान्टोन ग्लारुस (जुन स्विजरल्याण्ड कै सानो कान्टोन मानिन्छ) बाट उल्लेख्य मात्रामा सहयोग रकम संकलन गर्न सफल उनले यसै वर्ष नेपालमा बाढी पहिरो तथा डुबानका कारण भएको बिनासबाट पीडितहरुको सहयोगमा समेत आफूलाई अग्रसर गराईन ।

संसारको जुनसुकै कुनामा रहे पनि नेपाल र नेपाली भनेपछि मरिमेटेर लागिपर्ने एनआरएनए स्विजरल्याण्ड महिला फोरमकी संयोजक लामासँग यिनै विषयहरुको सेरोफेरोमा रहेर दामोदर नेपालले गर्नु भएको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ –

एनआरएनए स्विजरल्याण्डको उपाध्यक्षमा दर्पणको उम्मेदवारी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More