‘मेरो पैसा खोई ? मा बर्षालाई ‘ओ कान्छी’ भन्दैछन् सौगात ( गीत सहित )

23 September, 2017 14:24 | कला/मनोरन्जन , कलिउड | comments | 34200 Views

 

असोज ११ गतेबाट प्रदर्शनमा आउने भनिएको  चलचित्र‘मेरो पैसा खोई ? ’ को ‘ओ कान्छी’ बोलको पहिलो गीत सार्वजनिक भएको छ ।

गीतमा नायक सौगात मल्ल बेहुला र नायिका वर्षा राउत बेहुलीको भेषमा सजिएका छन् । गीतमा दयाराम पाण्डेको शब्द तथा प्रमोद खरेल र मेलिना राईको स्वर रहेको छ । गीतको भिडियोमा फिल्मको प्रदर्शन मिति भने उल्लेख गरिएको छैन ।

रोज राणाले निर्माण र निर्देशन रहेको चलचित्रमा सौगात र वर्षासँगै सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको छ ।

 

आफ्नो काम छोडेर श्रृष्टी श्रेष्ठको केयर गर्दै सौगात मल्ल

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More