मेरो बाको तलब १८ रुपैयाँ हुँदा मेरो तलब २०० थियो : नेपालका पहिलो सिनेमेटोग्राफर बखत बहादुर चित्रकार (भिडियोे)

4 December, 2017 14:28 | अन्तरवार्ता | comments | 22500 Views

बखत बहादुर चित्रकार नेपालको पहिलो सिनेमेटोग्राफर मात्र नभई फोटोग्राफर तथा शिक्षा क्षेत्रको विकासमा लामो समय योग्दान दिएका व्यक्ति हुन ।  विं.सं १९८७ माघ १० गते  फोटोग्राफी सम्बन्धी  दखल भएको पारिवारिक वातावरणमा  यतखा टोल काठमाण्डौमा चित्रकारको जन्म भयो ।

सन् १९५४ सालमा त्रिचन्द्र कलेजबाट बि.ए. उतीर्ण गरेका चित्रकारले तत्कालीन श्री पाँचको सरकार र अमेरिकी सरकारको संयुक्त पहलमा सन्चालन भईरहेको परियोजनामा काम गर्ने अवसर पाए । त्यहाँ उनको ‘तलब रु २०० तोकीयो जतिबेला घरमा बावुको तलब रु १८ थियो

शिक्षा क्षेत्रमा जागिरे चित्रकार सिनेमोटोग्राफीको छात्रावृत्तिमा अध्ययनको लागि  ब्याङलोर गए । त्यहाँबाट उनलाई बम्बइ पठाईयो ।   बम्बइकै माहोलमा हराइरहेका चित्रकारको कार्यालयमा नेपालबाट एक पत्र आयो जसमा लेखिएको थियो ,’सेण्ड हिम व्याक इमिडेटली ‘

१९६० मा नेपाल फर्किए पछि पनि उनी शिक्षा मन्त्रालय अन्तर्गत नै कार्यरत रहे ।उनी नेपाल फर्किएपछि गोरखापत्रमा ठूलो हेडलाईनमा छापिएको थियो, ‘नेपालका पहिलो सिनेमेटोग्राफर बखत बहादुर चित्रकार’ ।

उनको जीवनको  अन्य उतारचढावको जानकारीको लागि यो भिडियो –

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More