मोहनप्रसाद खतिवडा मोहनप्रसाद खतिवडा

  • मोहनप्रसाद खतिवडा
  • मोहनप्रसाद खतिवडा
  • मोहनप्रसाद खतिवडा
  • मोहनप्रसाद खतिवडा
  • मोहनप्रसाद खतिवडा
  • मोहनप्रसाद खतिवडा

मेरो रेल सपना र यथार्थ

11 July, 2018 19:48 | जापान , बिचार | comments | 11700 Views

मोहनप्रसाद खतिवडा, जापान

मोहनप्रसाद खतिवडामेरा बाल्यकालका धेरै वर्षहरु भारतको दार्जिलिङमा बिते । केटाकेटीको बाल सुलभ मस्तिष्कमा त्यसबेला देखि नै अनेक थरिका कल्पना र सपनाहरु भरिन्थे मनैभरि।

adsads

भलै कति सपनाहरु पुरा भए त कति असम्भव रैछन् पुरा भएनन् कारण हुनै सक्दैनथे भएनन् पनि त्यसमा कुनै गुनासो छैन आज पनि मलाई । चिसो ठाउँ, स्वच्छ वातावरण, पर्यटकीय मनोरम स्थल, सभ्य संस्कार, त्यो चौरस्ता, डाली, विजनबारी जज बजार, त्यो बतासे अनि त्याँहाको चिसो बतास, सानो चिटिक्क परेको हिमाली बजार दार्जिलिङ, त्यहाँको विशेषता नै मान्नु पर्छ आजसम्म पनि जहाँबाट जिन्दगीका धेरै कुराहरु कल्पना गर्थे त्यो बेलादेखि नै,केटाकेटीमा उपद्रो स्वभाव थियो सायद बालापन जो सुकैको पनि यस्तै देख्छु म र मेरो समाजमा आज पनि ।

आफू बसेको घर भन्दा दुरिको हिसाबले करिब १.५ किलोमिटर टाढा थियो स्कुल आफू त्यति बैभवशाली परिएनछ क्यारे परिणाम सधैं ११ नम्बरको मोटर चलाउनै पर्ने बाध्यता थियो घाम लागोस् या पानी परोस् ।

जब स्कुल बिदाका दिनहरु आउँथे थोरै तल अनि केहि पर हिंडेपछि रेल स्टेशन पुगिन्थ्यो गायक रामकृष्ण ढकालले पनि यहिँको यथार्थलाई मिठो गीतमा उतारेका रैछन् उनी गाउँछ्न् “पहाडको छुक् छुके रेल छुट्यो हजुर रोक्दै नरोकि,मैले रुमाल हल्लाको गयो माया देख्दै नदेखि ….. ” हो यिनै गायकले भनेकै दार्जिलिङ रेल जुन ३-५ डिब्बाको हुन्थ्यो अनि तिनै डिब्बालाई घिस्याउन अघिल्लो इन्जिनमा पत्थर कोइला त्यहि कोइला जलि शक्तिमा रुपान्तरण भई धूँवाको मूस्लो छुट्दै रेल अगाडि गूड्थ्यो र आज पनि गुडिरहेको छ जसको गति बिस्तारै बिस्तारै बढ्दै जान्थ्यो म अनि मेरा बालसखाहरु रेल इन्जिन चल्नु अघि नै डिब्बामा चढ्थ्यौ अनि रेलले गति लिन नपाउँदै घर नजिकै आईपुगे पछि बुरुक्क ढोकाबाट बाहिर फलाल्थ्यौं त्यस बेलादेखिनै मनमा तर्कना आउँथ्यो यस्तै सानो चिटिक्क रेल हाम्रो नेपालमा पनि बनिदिएको भए…. ??कति सुलभ अनि रमणीय हुन्थ्यो भनेर, कति मिठा लाग्छ्न् अतितहरु सम्झेर हेर्दा आज पनि तर मेरो देश अनि यहाँका असक्षम नेताहरुले खैर सोचेनन् आजसम्म बल्ल कल्पनामा कुदाइरहेका छन् हालसालै रेल चीन हुँदै ।

सानो उच्च पहाडी गोलाई भित्र (दार्जिलिंग-बतासे) काल्पनिक कथा जस्तै लाग्ने त्यो रेलको कथा हाम्रो देशमा पनि केहि बर्ष देखि भन्न थालिएको छ सबैले रेलको नाम सुन्न पाएकै छन् अनि अखबारका पानाहरुमा विभिन्न कम्पनीका कागजी रेलहरु तछाड् मछाड् गर्दै दौडिरहेका छन् ।

बिभिन्न अध्ययनले देखाईरहेका छन् कि हाम्रो जस्तो पहाडी मुलुकमा सडक संजाल भन्दा रेल चलाउँदा धेरै लागत सस्तो पर्दो रहेछ तर हामी देशको समग्र फाइदा हुने कसैले (व्यक्ति वा संस्था)योजना ल्यायो भने त्यसलाई पार्टीको नामाङ्करण जोडेर खिल्ली उडाउने, बिभिन्न अड्को थाप्ने सकेसम्म काम नै हुन नदिने शैतानी दरिद्र मानसिकताका रोगी जब सम्म रहन्छौ देशमा तब सम्म सपना सपना नै रहिरहने छ ।

अनि मेरो त्यो वाल मस्तिष्कमा उब्जिएको आफ्नै देश, आफ्नै माटो अनि आफ्नै सगरमाथाको काखमा (दार्जिलिङबाट विभिन्न सात घुम्तिहरु पार गर्दै बतासे पुगिएको ति यादहरु) घुम्तिहरुसँग लुकामारी खेल्दै रेल चढ्ने सपना कहिले पुरा होला ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मोहनप्रसाद खतिवडा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

फेसबुक

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

ट्वीटर

सामाजिक सञ्जाल

More