मेलम्चीको पानी वितरण गर्न ६८४ किमी सडकमा पाइप मेलम्चीको पानी वितरण गर्न ६८४ किमी सडकमा पाइप

  • मेलम्चीको पानी वितरण गर्न ६८४ किमी सडकमा पाइप

मेलम्चीको पानी वितरण गर्न ६८४ किमी सडकमा पाइप

20 April, 2018 19:47 | अर्थ | comments | 31500 Views

मेलम्चीको पानी वितरण गर्न ६८४ किमी सडकमा पाइप

मेलम्चीको पानी वितरणका लागि उपत्यकाको ६८४ किमी सडकमा पाइप विछ्याइएको छ ।

पहिलो चरणमा ७२० किमी सडकमा पाइप विछ्याउने कार्यक्रम रहेकोमा अहिलेसम्म ६८४ किमी सडकमा पाइप विछ्याइएको छ । डेढ महिनामा ७२० किमीमै पाइप विछ्याइने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

यसैगरी थोक वितरण प्रणालीको ७७ किमीमध्ये ६९ किमीमा पाइप विछ्याइएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । असार मसान्तसम्म पहिलो चरणको पाइप विछ्याउने काम सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

पाइप ओच्छ्याइ सकिएका सडकमा कालोपत्रको काम पनि भइरहेको छ । आठ मिटर कम चौडाइका सडकमा निर्देशनालयले नै कालोपत्र गर्दैछ । आठ मिटरमाथिका सडकमा सडक डिभिजन कार्यालयले कालोपत्र गर्ने सडक विभागका प्रवक्ता मुक्ति गौतमले बताउनुभयो ।

सडकका मुख्य चोकमा भल्भ च्याम्बर निर्माण भइरहेकाले कालोपत्र भएका सडकमा जेब्रा क्रसिङ बनाउन नसकिएको निर्देशनालयले जनाएको छ । असार मसान्तसम्म निर्माणसँगै पैदलयात्रुका लागि जेब्रा क्रसिङ पनि बनिसक्नेछ ।

छ महिनापछि मेलम्चीको पानी वितरण हुन्छ : खानेपानी मन्त्री

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मेलम्चीको पानी वितरण गर्न ६८४ किमी सडकमा पाइप

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!