मेलम्चीबाट पीडित गोकर्णेश्वर नगरबासी नै पानीबाट वञ्चित !

13 February, 2018 20:53 | जन सरोकार | comments | 112650 Views

पानी नदिए सुन्दरीजलमै रोक्ने चेतावनी

काठमाडौं उपत्यकामा खानेपानी वितरणका लागि सम्पूर्ण पूर्वाधार बन्ने गोकर्णश्वर नगरपालिका क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाले पानी वितरणको कुनै तयारी गरेको छैन । यसले गर्दा स्थानीयबासी आक्रोशित छन् ।

adsads

यहाँको पानी यही वितरण नगरी शहरतिर लैजान लागिएकामा नगरपालिकाका निर्वाचित पदाधिकारी, प्रदेशसभा एवं प्रतिनिधिसभाको सांसदले पनि विरोध जनाउँदै आएका छन् ।

नगर प्रमुख सन्तोष चालिसे वाग्मतीको मुहान क्षेत्रका नागरिकलाई पानी पुगेपछि मात्र उपत्यकामा वितरण गर्न लिमिटेड, खानेपानी तथा ढल निकास विभागलगायत सरोकार भएका निकायमा अनुरोध गरिएको बताउनहुन्छ । नगर प्रमुख चालिसे नगर क्षेत्रमा पानी वितरण नगरी तल लैजान नदिने तयारी स्थानीय सरकारले गरेको बताउनुहुन्छ ।

“वाग्मतीको पानी पनि गोकर्णेश्वरबाटै तल वितरणका लगिएको छ, यहाँ भएका धारामै एक महिनादेखि पानी आएको छैन, मेलम्चीको पानी पनि यही प्रशोधन भएर नगर क्षेत्रमै ठूला पाइप बिच्छ्याएर जाँदैछ, पाइप बिच्छ्याउँदा धेरैको घर चर्किएको छ, असर गरेको छ, यहाँका मानिसलाई पानी खान नदिए जान दिँदैनौँ रोक्छौँ”, उहाँले भन्नुभयो ।

मेलम्चीको पानी आएपछि लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले अहिलेसम्म मुहान क्षेत्रका गोकर्णेश्वर, कागेश्वरी मनोहरा नगरपालिकामा पानी वितरणका लागि सञ्जाल बनाएको छैन ।

यो पनि हेर्नुहोस्

मेलम्ची ठेकेदारको लापरवाहीबिरुद्ध आरुबारीबासी आन्दोलित

यो क्षेत्रमा दोस्रो चरणमा पानी वितरण गर्ने भनिए पनि नगरपालिका र स्थानीयवासी यसमा सहमत हुन सकेका छैनन् । नगरपालिकाको जगडोल र आरुबारी क्षेत्रमा पुरानो वितरण सञ्जाल छैन ।

खानेपानी आयोजनाका कारण तीन वर्षयता आरुबारीबासीले पाउनुसम्म सास्ती पाएका छन् । आरुबारीमै मुख्य र सहायक गरी दुईवटा विशाल ट्यांकी निर्माण भैरहेको छ । तर, सोही क्षेत्रमा पानी वितरणको योजना छैन ।

नयाँ वितरण सञ्जाल बनाउन सर्वेक्षण भइसकेको लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताउनुभयो ।

“सर्वेक्षण सकिए पनि बजेट नहुँदा जगडोल, आरुबारी क्षेत्रमा नयाँ वितरण सञ्जाल जडान गर्न सकिएको छैन, यसका लागि करिब रु २५ करोड खर्च लाग्ने अनुमान गरिएको छ, बजेटको व्यवस्था भए छ महिनामा वितरण सञ्जाल तयार हुन्छ”, उहाँले भन्नुभयो ।

मेलम्चीको मात्र हैन उपत्यकामा सबैभन्दा बढी पानी पठाउने गोकर्णेश्वर नगरपालिका क्षेत्रकै धारामा एक महिनादेखि पानी झरेको छैन । बत्तीमुनिको अँध्यारो भनेझैँ सुन्दरीजल, नयाँपाटी, गोकर्णेश्वर, जोरपाटी क्षेत्रको धारामा एक महिना अघिदेखि खानेपानी बन्द भएको उपभोक्ताको गुनासो छ ।

मेलम्चीको पीडा हेर्नुहोस् भिडियोमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More