मेसीको दुई गोलमा बार्सिलोना विजयी

20 March, 2017 14:07 | खेल | comments | 1650 Views

bar

बार्सिलोनाको घरेलु मैदानमा भएको स्पेनिस लालिगा भिड्न्तमा बार्सिलोना ४–२ ले विजयी भएको छ । पहिलो हाफमा २–२ को बराबरीमा रोकिएको बार्सिलोनाका लागि दोस्रो हाफमा मेसी र आन्द्रेयी गोमेजले गोल गरेपछि सहज जित निकाल्यो ।

बार्सिलोनालाई स्तब्ध पार्ने क्रममा पहिलो हाफको २९ औं मिनेटमा म्यानचेस्टर सिटीबाट क्रृण सम्झौतामा आएका इलियाकुइम मानगालाले इभान राकिटिक र सर्जियो बस्क्युटको बीचबाट हेडिङ गर्दै भ्रमणकारी टोलीलाई पहिलो गोलको सफलता दिलाएका थिए ।

तर, बार्सिलोना पहिलो गोल खाएको ६ मिनेटपछि नै खेलमा फर्कियो। ३५ मिनेटमा लुइस स्वारेजले ब्राजिलियन स्ट्राइकर नेयमारको पासलाई सदुपयोग गरेपछि घरेलु टोली तुरुन्त खेलमा फर्किएको थियो । भ्यालेन्सिया पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी हुँदा नराम्रो झट्का लागेको थियो । जब उसले पहिलो गोल गर्ने मानगालालाई गुमायो। मानगाला ४४ मिनेटमा सुआरेजलाई डिबक्स भित्र लडाएको आरोपमा दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । उनको सामान्य गल्तीका कारण बार्सिलोनाले पेनाल्टीको अवसर पायो । जसलाई मेसीले गोलमा परिणत गरे । मानगाला ३९ औं मिनेटमा पनि मेसीसँग विवाद गर्न पुगेका थिए जसका कारण उनलाई पहिले नै पहेँलो कार्ड देखाइएको थियो ।

पहिलो हाफमा भ्यालेन्सीयाले मानगालालाई गुमाए पनि उसले उत्कृष्ट प्रतिद्वन्दीविरुद्ध पहिलो हाफको अक्तिरिक्त समयमा गोल फर्काउन सफल भयो । भ्यालेन्सीयाका लागि बराबरी गोल मुनिर अल हाद्धादीले गरे । उनले बार्सिलोनाको फितलो रक्षापंक्तिको फाइदा उठाउदै गोल गर्न सफल भए ।

दोस्रो हाफपछि बार्सिलोनाले आफ्नो खेलमा निकै सुधार ल्यायो। उसले रक्षापंक्ति मात्र होइन, आक्रामणलाई पनि तिब्र बनायो। नेयमार दोस्रो हाफपछि सबैभन्दा बढि प्रभावशाली रहे । दोस्रो हाफको ८ मिनेटपछि नै मेसीले बार्सिलोनालाई पुनः अग्रता दिलाए । उनले आफ्नै देशका डिफेन्डर जाभियर मास्चेरानोको पासलाई गोलमा परिणत गरे । मेसीको गोलका कारण ५३ मिनेटमा बार्सिलोनाले ३–२ को अग्रता बनाएको थियो।

चौथो गोल गोमेजले नेयमारको उत्कृष्ट पासमा गरेका थिए । नेयमारले मैदानको मध्य भागबाट दौड्याउदै डिबक्स भित्रबाट क्रस गरेको बललाई अतिरिक्त खेलाडीको रुपमा खेलेका गोमेजले ८९ मिनेटमा गोलमा परिणत गरेका थिए । उनी ७४ मिनेटमा राफिन्हाको स्थानमा मैदानमा प्रवेश गरेका थिए ।
भ्यालेन्सीया मानगालाको अनुपस्थितिमा ४६ मिनेट १० खेलाडीमा सिमिति भएर खेलेको थियो । भ्यालेन्सीया विरुद्धको जितपछि बार्सिलोना स्पेनिस ला लिगाको अंक तालिकामा रियल म्याड्रिडसँग २ अंकको दूरी बनाउन सफल भएको छ ।
हाल रियल २७ खेलमा ६५ अंकका साथ शीर्षस्थानमा छ। बार्सिलोनाको २८ खेलमा ६३ अंक छ। आउँदो अप्रिल २३ मा हुने यी दुई देशबीचको ‘अल क्लासिको’ भिडन्तपछि उपाधि होडको लगभग छिनोफानो हुने छ ।

बार्सिलोनाको हार संगै रियल मड्रिड अंक तालिकाको शीर्षस्थानमा (भिडियोसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More