मोदी मोदी

  • मोदी
  • मोदी
  • मोदी
  • मोदी
  • मोदी
  • मोदी

मोदी भ्रमणको खर्चमा राजपा र फोरमको विवाद

19 May, 2018 13:29 | पत्रपत्रिका | comments | 41250 Views

मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारीमा गरिएको खर्चको विषयमा प्रदेश २ का सत्तारूढ दल संघीय समाजवादी फोरम नेपाल र राजपाका नेताहरूबीच आरोपप्रत्यारोप सुरु भएको छ। मोदीको जनकपुर भ्रमण सफल बनाउन प्रदेश २ सरकारले सातवटा समिति बनाएको थियो।

adsads
भ्रमणपछि सातवटै समितिले आफूले गरेको खर्चको विवरण तयार गरेका छन् ।

प्रदेश २ सरकारका कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको संयोजकत्वमा गठित नागरिक परिचालन समितिका सदस्यबीच खर्चलाई लिएर आरोपप्रत्यारोप चलेको छ। समितिले मोदीको भ्रमणमा मान्छे जुटाउन ३ सय ३५ वटा गाडी प्रयोग गरेको जनाएको छ। प्रदेश २ का ८ जिल्लाबाट जनकपुरमा मान्छे ल्याउन त्यति गाडी प्रयोग गर्नुपरेको समितिका संयोजक साहले बताएका छन्। मान्छे ओसार्न ८ जिल्लामा प्रतिजिल्ला १५ देखि ७० का दरले गाडी प्रयोग भएको उनको दाबी छ । समितिकी सदस्य एवं प्रदेशसभा सांसद डिम्पल झाले भने आफ्नो गृहजिल्ला रौतहटमा १० वडा गाडीमात्र प्रयोग भएको दाबीसहित यस विषयमा भ्रष्टाचार भएको आरोप लगाएकी छन्। रौतहटका प्रदेशसभा सांसद योगेन्द्र राय यादवले नक्कली बिल बनाई अनियमितता गरेको उनले बताइन्।

 

नागरिक परिचालन समितिकी सदस्य एवं प्रदेशसभा सांसद डिम्पल झाले अभिनन्दन कार्यक्रमका लागि मान्छे ओसार्न गाडी प्रयोगका क्रममा भ्रष्टाचार भएको आरोप लगाएकी छन्।

गत बुधबार बसेको समितिको बैठकमा यस विषयमा झा र यादवबीच चर्काचर्की भएको थियो। बैठकमा यादवले कुनै अनियमितता नगरेको दाबी गरेका थिए भने झाले आफू चुप लागेर नबस्ने बताएकी थिइन्। यसबारेमा झासँग जिज्ञासा राख्दा उनले यस विषयमा केही नबोल्ने प्रतिक्रिया दिइन्। उनले भनिन्, ‘अब यो विषय मिडियामा आइसक्यो। मैले केही बोल्दिनँ।’ यादवले नागरिकसँग पनि कुनै अनियमितता नभएको दाबी गरे। उनले भने, ‘कुनै व्यक्तिले कुनै कुरा गर्न सक्छन् तर नागरिक पचिालन समितिमा कुनै भ्रष्टाचार भएको छैन।’

संयोजक साहले समितिका तर्फबाट गरिएको खर्चको सबै विववरण संकलन सुरु गरिएको बताए। उनले भने, ‘नागरिक परिचालन समितिका तर्फबाट ९० लाखको हाराहारीमा खर्च भएको हुनुपर्छ। अहिले ८७ लाखसम्मको बिल तयार भएको छ।’

जितेन्द्र सोनार संयोजक रहेको मञ्च व्यवस्थापन समितिले अभिनन्दन कार्यक्रममा मञ्च बनाउन एक करोड ८७ लाख खर्च भएको जनाएको छ तर विवरण भने सार्वजनिक गरेको छैन। खर्च विवरण तयार गर्ने काम भइरहेको समितिका सदस्यले बताए । यस्तै उद्योगमन्त्री रामनरेश राय संयोजक रहेको प्रचार समितिले करिब २५ लाख खर्च भएको जनाएको छ । खर्चको सबै विवरण संकलन गर्ने काम भइरहेको रायले बताए। उनले भने, ‘सातवटै समितिले खर्चको विवरण बुझाइसकेका छैनन्। सबै विवरण आइसकेपछि यसबारेमा बैठक बस्छ।’ मोदीको भ्रमण सफल बनाउन लागेको खर्च जुटाउन विभिन्न विकल्पमा छलफल भइरहेको उनले बताए।

मोदीको अभिनन्दन कार्यक्रम सफल बनाउन जनकपुरमा साढे सात करोड रूपैयाँसम्म खर्च भएको साहले बताए। यो खर्चको भुक्तानी केन्द्र सरकारसँग मागिएको उनले जानकारी दिए। साहले भने, ‘मोदीको जनकपुर भ्रमणमा लागेको खर्च पठाउन हामीले कन्द्र सरकारलाई आग्रह गरेका छौं। केन्द्र सरकारले सकारात्मक आश्वासन दिएको छ।’

आजको नागरिकमा खबर छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मोदी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

फेसबुक

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

ट्वीटर

सामाजिक सञ्जाल

More