मोना कतारको भाग्यशाली चिट्ठाको नतिजा सार्वजनिक

16 July, 2017 19:19 | प्रबास | comments | 13050 Views

कतार । म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना कतार)ले आकस्मिक कोष सहयोगार्थ सन्चालन गरेको भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ ।

दोहाको भुयान (नेपाली आगन) रेस्टुरेन्टको सभा हलमा शुक्रबार सम्पन्न कार्यक्रममा उक्त नतिजा सार्वजनिक गरिएको हो । कार्यक्रम संस्स्थाका अध्यक्ष रमेश पौडेलले सभापतित्वमा सम्पन्न भएको थियो ।

मोना आईसिसीका सचिव रेशम शाही प्रमुख अतिथि रहेको कार्यक्रममा समाजका प्रमुख सल्लाहकार किरण शाही, संरक्षक विक्रम कार्की, सल्लाहकार हिमाल सुबेदी,नरेन्द्र फगामी विशेष अतिथी रहेका थिए ।

कार्यक्रममा समाजका उपाध्यक्ष शिव चोखालले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित सबैलाई स्वागत गरेका थिए ।

समाजले शुक्रबार सार्वजनिक गरेको भाग्यशाली चिठ्ठा कार्यक्रमका विजेताहरुमा प्रथम पुरस्कार ल्यापटप नरेन्द्र फगामीले हात पारे भने द्वितीय पुरस्कार ३२ इन्च एलसीडी टिभी सरस्वती भण्डारीलाई पर्यो ।

त्यसै गरी तृतीया पुरस्कार ट्याबलेट हेम कुमार तीथाकोटीको हातपर्यो भने चौथो पुरस्कार मोबाइल फोन चारजना क्रमशः रश्मी केसी, लक्ष्मण सुवेदी, थम बहादुर बस्नेत र हिमाल सुवेदीलार्य परेको थियो ।

त्यसै गरी सान्त्वना पुरस्कारका रुपमा पाँचजनाले घडी घडी प्राप्त गरेका थिए । सान्त्वना पुरस्कार पाउनेहरुमा भीमबहादुर घर्ती, मिनु क्षत्री, भुपाल पाण्डे, दिपु तामाङ र राजन बिक रहेका छन् ।

भाग्यशाली चिठ्ठा कार्यक्रमका प्रथम पुरस्कार विजेता नरेन्द्र फगामीले आफुले जितेको पुरस्कारबाट नगद क।री। ५०० समाजको आकस्मिक कोषलाई प्रदान गरेका छन् ।

समाजका वरिष्ठ उपाध्यक्ष तिलु शर्मा पौडेलको संचालन रहेको कार्यक्रमलाई समापन गर्दै अध्यक्ष तथा कार्यक्रमका सभापति पौडेलले मोना कतारले सन्चालन गरेको आकस्मिक कोष सहयोगार्थ भाग्यशाली चिट्ठा कार्यक्रमा चिट्ठा काटेर परे उपहार नपरे सहयोग भन्ने भावनालाई आत्मसाथ गर्दै सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More