म्याग्दीको विद्यालयको पुनर्निमाणमा जापानले सहयोग गर्ने

13 March, 2018 14:23 | जापान | comments | 81300 Views


म्याग्दी जिल्लाको श्री देउराली आधारभुत विद्यालयको पुनर्निर्माणका लागि अनुदान सम्झौतामा नेपालका लागि जापानी राजदुत मासाशी ओगावाले विद्यालयका प्रधानाध्यापक पोष्ट बहादुर विश्वकर्मासंग हस्ताक्षर गरेका छन् ।

विद्यालयका आठवटा कक्षाकोठाको पुनर्निमाणका लागि जापानको ग्रान्ट एसिस्टेन्स फर ह्युमन सेक्युरिटी प्रोजेक्टसले आर्थिक वर्ष २०१७ का लागि अमेरिकी डलर ८८ हजार १९३ ( ९० लाख नेपाली रुपैयाँ ) अनुदान गर्ने भएको छ ।

adsads
२७० विद्यार्थी रहेको कक्षा ७ सम्मको उक्त विद्यालयमा तीनवटा भवन रहेका छन् जसमध्ये दुइवटा जिर्ण अवस्थामा रहेका छन् । यस परियोजनाले सुरक्षित पठनपाठनका लागि दुइतले भवन निर्माण गर्ने छ जहाँ कक्षा ८ सम्म पढाइ हुनेछ ।

यस परियोजनाले उक्त विद्यालयमा सुरक्षित र गुणस्तरीय पढाइमा सहयोग गर्ने जापानी दुतावासको विश्वास रहेको छ । साथै यसले नेपाल र जापानको आपसी समझदारीलाई पनि सुदृढ पार्ने पनि दुतावासको विश्वास रहेको छ ।

नुवाकोटका भूकम्प प्रभावित विद्यालयको स्तर सुदृढ गर्नका लागि जापानले सहयोग गर्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More