म्याग्दीमा खुल्यो ’धौलागिरि सेन्चुरी ट्रेक’

6 January, 2017 20:33 | कर्पोरेट/पर्यटन | comments | 2550 Views

1441606592368_kk-myagdi-dhaulagiri-e1441608493293

’धौलागिरी सेन्चुरी ट्रेक’ नयाँ पदमार्ग म्याग्दी जिल्लामा खुलेको छ । यो नयाँ पदमार्ग धौलागिरी हिमाल प्रथमको दक्षिणी आधार शिविरसम्म पुग्ने पहिचान गरिएको हो ।

म्याग्दी उद्योग वाणिज्य संघको पहलमा सातदिन लामो नयाँ पदमार्ग खुलाएको संघका अध्यक्ष जीवनवहादुर विश्वकर्माले बताए।
म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारबाट झीं, पाखापानी, रायखोर, घ्यासिखर्क, छरी, फेदी, सहस्र भीर, ओडार क्याम्प हुँदै धौलागिरि आधारशिविर पुगेपछि फर्केर छरी, घ्यासिखर्कबाट चिमखोला, दर्मिजा, दग्नाम हुँदै गलेश्वर मन्दिर भएर बेनीबजारसम्म पदयात्रा गर्न सकिन्छ ।

काठमाडौंबाट पदयात्रामा निस्कनेहरुले बेनी, झीं, घ्यासिखर्क, फेदी, ओडार क्याम्प, आधारशिविर र दग्नाममा बास बस्नुपर्ने हुन्छ । घ्यासिखर्क, बेनी र फेदीमा आउँदा र जाँदा नै रात बिताउनु पर्छ ।

बिहीबार उक्त पदमार्गको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीन बहादुर श्रेष्ठले एक कार्यक्रमका विचमा सुरुवात गरे ।
उद्घाटन कार्यक्रमका अवसरमा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा संघले धौलागिरी पदमार्गमा खिचिएका तस्बिर तथा भिडियोको समेत प्रदर्शनी गरेको थियो ।

धेरै पर्यटकले छोटो दुरीका पदमार्गको खोजी गरिरहेको अबस्थामा धौलागिरि सेन्चुरी पदमार्ग चाँडै लोकप्रिय हुने पर्यटन बोर्डका सिइओ दिपकराज जोशीले बताए । काठमाडौंबाट बेनीसम्म बसमा आउजाउ गर्न दुई दिन लाग्छ भने पदयात्रा गर्न ७ दिन लाग्ने जनाइएको छ ।

नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्स्जि एशोसियसन अफ नेपाल (टान), गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल, गैरआवासिय म्याग्देलीको संस्था मोना, पदमार्गको झीँ गाउँ, जिविस म्याग्दी र हिमालयन म्याप हाउस लगायतले सघाएको संघका अध्यक्ष विश्वकर्माले बताए।

संघले हिमालयन म्याप हाउससँगको सहकार्यमा धौलागिरि सेन्चुरी ट्रेकको नक्सा, र पोस्टर प्रकाशन गरिसकेको जनाएको छ ।

पदमार्गमा टेन्टको बास

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More