भूपेन्द्रबहादुर थापा भूपेन्द्रबहादुर थापा

  • भूपेन्द्रबहादुर थापा
  • भूपेन्द्रबहादुर थापा

म्याग्दीमा थापालाई लक्षित गरेर बम विस्फोट

24 November, 2017 19:32 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 22800 Views

भूपेन्द्रबहादुर थापाम्याग्दीमा वामगठबन्धनका उम्मेदवारलाई लक्षित गरेर आज(शुक्रबार) बम विस्फोट भएको छ ।

बेनी नगरपालिका–२ तोराखेतमा नेकपा (एमाले)का प्रतिनिधिसभाका उम्मेदवार भूपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम विस्फोट भएको हो ।

बेनपा–२ भकुण्डेमा कार्यकर्ता भेटघाट गरेर रत्नेचौरतर्फ जाने क्रममा गाडीभन्दा करिब सात मिटर अगाडिको सडकमा विस्फोट भएको थापाले बताउनुभयो । आज पौने १ बजेतिर ठूलो आवाज आउने गरी विस्फोट भएपछि उम्मेदवारको टोलीले प्रहरीलाई जानकारी गराएका थिए ।

विस्फोटबाट कुनै क्षत्ति भने भएको छैन् । विस्फोट भएको ठाउँको सडकमा खाडल परेको छ । विस्फोटको सूचना पाउनेवित्तिकै सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर अनुसन्धानमा जुटेको प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले बताउनुभयो ।

सोही क्षेत्रमा कात्तिक २८ गते नेपाली काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार खम्बिर गर्बुजालाई लक्षित गरेर विस्फोट भएको थियो । चुनाव विरोधी गतिविधि गरिरहेको नेत्रविक्रम चन्द नेतृत्वका नेकपाका कार्यकर्ताले विस्फोट गराएको सुरक्षा निकायले शंका घटनामा संलग्नको पहिचान हुन सकेको छैन् ।

बम विस्फोटमा सम्लग्न २७१ जना पक्राउः चुनाव विथोल्न खोजे प्रहरीलाई गोलि हान्ने अधिकार

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More