म्यादी प्रहरीले हप्ता असुलेको आरोप

1 June, 2017 13:53 | समाज | comments | 71550 Views

दोस्रो चरणको निर्वाचन प्रयोजनका लागि नेपाल सरकारले भर्ना गरेका म्यादी प्रहरीलेनै हप्ता असुल्न थालेको महोत्तरीका स्थाननिय बासिले आरोप  लगाएका छन् । नेपाल प्रहरीसरह नै जिल्लाका विभिन्न गाउँ, सहर र चोकचोकमा पालैपालो २४ घन्टे ड्युटीमा बसेका म्यादी प्रहरी ड्युटीमै पैसा असुल्न थालेको सर्वसाधारण जिल्लावासीको आरोप रहेको छ ।

महोत्तरीको सदरमुकाम जलेश्वरको दुर्गाचौक, शङ्करचौक, नगरपालिकाचौक, जिरोमाइललगायत चौकमा म्यादी प्रहरीले विभिन्न व्यापारी, व्यवसायी तथा सवारी चालकसँग पैसा असुल्न थालेको आरोप छ । त्यस्तै, जिल्लाका भिट्ठामोड, मटिहानी, नैन्ही, बथनाहा, कटैया, इटहर्वा, रघुनाथपुर, सम्सीलगायत सीमानाकामा समेत खट्न थालेका म्यादी प्रहरीले सीमापारिबाट आउने सर्वसाधारणदेखि साना, ठूला व्यापारी व्यवसायीसँग रकम असुल्न थालेको प्रत्यक्षदर्शी बताउँछन् ।

यसका अलावा राति पनि खट्ने गरेका म्यादी प्रहरीले चेकजाँचका नाममा चोकचोकमा अनावश्यकरुपमा सबै सवारीसाधनलाई रोक्ने, दुःख दिने र पैसा असुल्ने गरेको विभिन्न ठाउँबाट गुनासा आएका छन् ।  म्यादी प्रहरीले प्रेस, एम्बुलेन्स लगायतका सवारीसाधनलाई पनि अनावश्यकरुपमा रोक्ने र चेकजाँच गरेर हैरान पार्ने गरेको देखिएको छ ।

यसअघि, नेपाल प्रहरीले असुल्दै आएको पैसा अब म्यादी प्रहरीले असुल्न थालेको र नेपाल प्रहरी त्यहाँ उपस्थित रहँदा पनि उसले केही नभन्ने गरेकाले उनकै संलग्नता र आदेशमा म्यादी प्रहरीले पैसा असुल्ने गरेको सर्वसाधारणको आरोप रहेको छ ।

म्यादी प्रहरीमा आमा छोरा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पर्यटकीय पदमार्ग निर्माण शुरु

फेसबुक

पर्यटकीय पदमार्ग निर्माण शुरु

ट्वीटर

सामाजिक सञ्जाल

More