रोहिंग्या शरणार्थी रोहिंग्या शरणार्थी

  • रोहिंग्या शरणार्थी
  • रोहिंग्या शरणार्थी

म्यानमारका रोहिंग्या शरणार्थी बङ्गलादेशबाट फर्काइँदै

17 January, 2018 20:12 | विश्व समाचार | comments | 36600 Views

रोहिंग्या शरणार्थी

म्यानमारका रोहिंग्या शरणार्थीलाई बङ्गलादेशबाट फिर्ता गर्न लागिएको समाचार जनाइएको छ ।

म्यानमार र बङ्गलादेशद्वारा ती शरणार्थीलाई फिर्ता गर्ने विषयमा यही जनवरी २३ देखि स्वदेश फर्काइँने सहमत भएको बताइएको हो । मङ्गलबार म्यानमारमा भएको दुवै देशका विदेशमन्त्रीको बैठकमा सो सहमति भएको थियो ।

नेपितमा भएको सहमति बमोजिम यी दुवै देश आगामी जनवरी २३ देखि शरणार्थीलाई स्वदेश फर्काउने बारेमा सहमत भएका थिए – म्यानकारको विदेश मन्त्रालयलका एक जना अधिकरीले भने । आगामी जनवरी २३ बाट उनीहरुलाई म्यानमार फिर्ता गर्ने र त्यसका लागि म्यानमार र बङ्गलादेश मिलेर शरणार्थी फिर्ता गर्नेसम्बन्धी केन्द्रहरुको स्थापना गर्ने सहमति भएको छ ।

यसका लागि बङ्गलादेशले पाँच वटा केन्द्र स्थापना गर्नेछ भने अर्कातर्फ म्यानमारले उनीहरुलाई स्वदेश फिर्ता गर्ने रुटका लागि आवश्यक पूर्वाधार पनि खडा गर्नेछ । उनीहरुलाई आवश्यक सुरक्षा व्यवस्थाका लागि पनि म्यानमार सरकारले प्रबन्ध गर्ने बताइएको छ । सुरक्षा प्रबन्ध राम्रो हुन नसक्दा उनीहरुको फिर्ताको कार्यक्रम प्रभावकारी हुन नसक्ने र उनीहरु स्वदेश फर्किन पनि नमान्ने सो समाचारमा जनाइएको छ ।

म्यानमारमा जारी हिंसाका कारण उनीहरु गत अगष्ट २५ देखि म्यानमारबाट भागेर बङ्गलादेशतर्फ छिरेका हुन् । उनीहरु हाल बङ्गलादेशको कोक्स बजार क्षेत्रमा शरणार्थी शिविरहरुमा बस्दै आएका छन् । राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोगको प्रतिवेदनअनुसार उनीहरु हाल बङ्गलादेशमा छ लाखभन्दा बढीको सङ्ख्यामा रहेका छन् ।

उनीहरुलाई उक्त आयोग, अन्तरराष्ट्रिय दाता संस्था र बङ्गलादेश सरकारले सहयोग गर्दै आएका छन् । उनीहरुले जतिसक्दो चाँडै आफ्नो घर फर्किन पाउँ भन्दै विश्व समुदायसँग अपिल गर्दै आएका छन् । म्यानमारको सेनाको ज्यादति सहन नसकी उनीहरु देशबाट भागेका हुन् । सेनाले भने ती रोहिंग्या समुदायको अधिकार खोज्ने एक सशस्त्र संगठनले म्यानमारको सेनामाथि आक्रमण गरेको भन्दै उनीहरुलाई लखेटेको थियो ।

शरणार्थीलाई स्वदेश फिर्ता गर्न विश्व समुदायले पनि म्यानमार समक्ष विगत लामो समयदेखि आग्रह गर्दै आएको छ । सोही दबाबका कारण म्यानमारको सरकारको अग्रसरतामा शरणार्थी फिर्ता गर्नेसम्बन्धमा यी दुई देशका विदेशमन्त्रीबीच दुई पटकसम्म बैठक बसेको थियो ।

रोहिंगालाई दुई बर्षभित्र स्वदेश फिर्ता गर्ने सहमति

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More