म्यानमारको राखिनमा फैलिएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

19 January, 2018 11:33 | विश्व समाचार | comments | 90750 Views

म्यानमारको राखिन राज्यमा बौद्ध धर्मावलम्बीहरूले निकालेको ¥यालीमा भएको भीषण हिंसाप्राति संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसंघका अधिकारीद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा सो जानकारी दिइएको छ ।

adsads

राखिनमा रहेको ऐतिहासिक मन्दिर परिसर एमरक युमा हजारौँको सङ्ख्यामा बौद्ध धर्मावलम्बी प्रर्दशनकारी र सुरक्षा अधिकारीबीच भएको झडपको समाचार प्राप्त भएपछि संयुक्त राष्ट्रसंघले यसप्रति चिन्ता व्यक्त गरेको राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफन डुजारिकले बताउनु भएको छ ।

सो गोलीकाण्डमा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका थिए । बौद्ध धर्मावलम्बीहरूले गत मङ्गलबार निकालेको ¥याली अपराह्नतिर एक सरकारी कार्यालय कब्जा गर्नेतर्फ लम्किएको थियो ।

प्रहरीले हिंसामा उत्रेको भीडलाई तितरबितर पार्न चेतावनीस्वरूप रबरको गोली प्रहार गरेको र प्रर्दशनकारीहरू त्यसपछि पनि नरोकिएपछि गोली नै प्रहार गर्न बाध्य भएका म्यानमार प्रहरीका प्रवक्ता कर्णेल म्यो सोएले बताउनु भएको थियो ।

सोही कारबाहीमा परी सात व्यक्तिको मृत्यु हुनुको साथै १२ घाइते भएका प्रहरी प्रमुख सोएले बताउनु भएको हो ।

दश लाख भन्दा बढी रोहिङ्याहरुको बासस्थानका रुपमा रहेको राखिन राज्य गत अक्टोबर २५ बाट सुरु भएको सैनिकको दमनको कारण ६ लाख ४० हजार भन्दा बढी रोहिङ्या भागेर बङ्गलादेश पुगेका छन् ।

रोहिङ्या मुसलमानप्रति भएको सैनिक दमनका कारण केही महिनायता यो राज्य अस्तव्यस्त भएको छ ।

यसरी जम्मा भएको जुलुस के कति कारणले अचानक हिंसामा परिणत भएको हो भने बारेमा केही प्रष्ट नभएको बताइएको छ ।

उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघद्वारा सर्वसम्मत रुपमा नाकाबन्दी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

हराउँदै मौलिक नेपाली गीत

फेसबुक

हराउँदै मौलिक नेपाली गीत

ट्वीटर

सामाजिक सञ्जाल

More