म्याराडोनाले गरे भारतमा आफ्नो मूर्ति उद्घाटन

12 December, 2017 17:10 | खेल | comments | 48600 Views

विश्व फुटबलका महान् खेलाडि डिएगो म्याराडोनाले भारतको कोलकातामा आफ्नो मूर्ति उद्घाटन गरेका छन् । सो मूर्तिमा म्याराडोनाले विश्वकपको ट्रफी उचालिरहेका छन् ।

फुटबलप्रेमीहरुका लागि चिनिने कोलकाता सहरमा एक कार्यक्रमबीच म्याराडोनाले आफैंले आफ्नो मूर्ति उद्घाटन गरेका थिए । तर म्याराडोनाको अनुहारसँग मूर्ति मेल नखाएको भन्दै सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा प्रशंसकहरुले आलोचना पनि गरेका छन् ।

कार्यक्रमबीच बोल्दै म्याराडोनाले भने, “म फुटबलको भग्वान् त होइन तर एक सामान्य फुटबलर हुँ । कोलकातामा फेरि आउँदा र आफ्नो मूर्ति पनि उद्घाटन गर्द पाउँदा म निकै खुसी छु ।”

५७ वर्षीय म्याराडोना आफ्नी प्रेमिका रोकियो ओलिभियासँग भारत भ्रमणमा छन् । उनले एघार क्यान्सर बिरामीलाई दश हजार भारु सहयोग पनि गरे । त्यस्तै कार्यक्रमअघि उनले नयाँ एम्बुलेन्सको उद्घाटन पनि गरेका थिए ।

आफ्नै छोरीले रोकिन म्याराडोनाको डेटिङ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शत्रु गते

फेसबुक

शत्रु गते

ट्वीटर

सामाजिक सञ्जाल

More