म्युजिक कम्पनीले नपत्याउँदा रोएको छु : लोकगायक खत्री (अन्तर्वार्ता)

22 January, 2018 17:23 | अन्तरवार्ता , कला/मनोरन्जन | comments | 49350 Views

 

२०४२  साल फागुन १६ गते गुल्मी जिल्ला इस्मा गाउँपालिका वडा नं ४ मा लोकगायक बिनय खत्रीको जन्म भयो । पिता निमबहादुर र माता खिमकुमारी खत्रीको ४ छोरा र १ छोरीमध्येका जेठा छोरा हुन् बिनय  । गाउँमा कक्षा ९ सम्मको अध्ययन पश्चात् रोजगारीको क्रममा २०५९-६० मा उनी काठमाण्डौ झरे । तथापी उनले प्राइभेट एस. एल. सी. भने उर्तीण गरेका छन् । २०६६ सालमा रेडीयो नेपालबाट स्वर परिक्षा उर्तीण गरेपछि उनको सांगीतिक यात्रा २०६७सालबाट बाट सुरु भयो । मायामा पागलनामक  गीतबाट लोकगायकका रुपमा परिचित बनेका उनै खत्रीसँग नेपाल जापान डट कमका लागि उनको सांगीतिक यात्रा तथा पारिवारिक यात्राबारे कुञ्जर  भट्टराईले  गरेको कुराकानी  :

यहाँको गायन यात्रा कहिलेबाट सुरु भयो ?

मैँले २०६६ सालमा रेडियो नेपालबाट स्वर परिक्षा उतीर्ण गरेँ । तत् पश्चात २०६७ बाट मेरो गायन यात्रा सुरु भयो । त्यस अघि गाउँघरमा मेला, महोत्सव हुँदा गीत गाइन्थ्यो नै । मेरो सुरुवाती गीतहरुमा ‘हाँसेर  दिन मैँले’ , ‘सम्झनालाई सल छ’ हुन् ।

त्यसपछिका यहाँका गीतहरु ?

ती दुई गीत पछि मैले ‘माया पवित्र’, ‘मायामा पागल’,’ दिलमा त अर्कैलाई’, ‘आमाको माया’ (एकल गीत), एउटा दशैँको गीत , अनि ‘रिमिझिमि पानी’ बोलको तिजको गीत गाएको छु ।साथै ‘मायाको परिधि’ बोलको आधुनीक गीतमा आफ्नै शब्द रहेको छ ।

कतिपय व्यक्तिहरुको कलाकार बन्ने रहर हुन्छ, यहाँको रहर कि सपना ?

मेरो चाहिँ गायक बन्ने सपना नै हो । तर , मानिसमा रहर पनि त हुन्छ । म सानै देखि सांगीतिक प्रतियोगितामा सहभागी हुन्थेँ । मेला महोत्सव हुँदा साथीभाइसँग रमाइलो गरिन्थ्यो ।  मेरो चाहिँ रहरसँगसँगै सपना नै हो ।

यस क्षेत्रमा लाग्न यहाँलाई कसले प्रेरणा दियो ?

पक्कै पनि गुल्मी जिल्ला आफैँमा गायनको खानी नै मानिन्छ ।  गुल्मीमा थुप्रै कलाकारहरुको जन्म भएको छ । अग्रज काकारहरुको प्रेरणाबाट मैले गीत गाउँन थालेँ ।

अब एकै छिन पारिवारिक कुरा ,

यहाँ विवाह बन्धनमा कहिले बाधिनु भयो ?

मेरो विवाह  २०६१ सालमा भयो ।

मागी विवाह हो की प्रेम विवाह ?

मेरो प्रेम विवाह हो । अझै भन्नु पर्दा भागी विवाह जस्तौ भयो । किनभने हाम्रो दुवै घरका सदस्यहरु हाम्रो विवाहको लागि राजि हुनुभएको थिएन् । तथापी 0६१ सालको दशैँको टिकाको दिन हामी विवाह बन्धनमा बाँधियौँ ।

यहाँहरुबीच प्रेम चाहीँ कसरी बस्यो ?

मेला पर्वमा गीत गाउन जाने क्रममा नै मेरो प्रेम बस्यो । त्यतिबेला हालको जस्तो मोबाइल फोनको प्रयोग नहुने भएकाले चिठ्ठी आदान प्रदान हुन्थ्यो । मलाई उताबाट चिठ्ठी मार्फत प्रेम प्रस्ताव आयो । तैपनि पत्र आएको एक हप्तापछि मैले जवाफ दिँए । हामी झण्डै चार बर्ष प्रेम सम्बन्धमा रह्यौँ ।

गायन क्षेत्रमा प्रवेश गर्दाको सुरुवाती दिनलाई कसरी सम्झनुहुन्छ ?

सुरुवाती दिनको कुरा गर्नुपर्दा खुमन अधिकारी र नेत्र  अर्याल दाइको साथका कारण’ हाँसेर दिन मैले’ गीत गर्दा खासै गाह्रो भएन् । त्यस पछिको दोस्रो गीतको कुरा गर्दा नेत्र दाइले र मैले उक्त गीत धेरै कम्पनीमा सुनाउँदै, देखाउँदै हिड्यौ ।तर ती कम्पनीबाट नयाँ मानिस हुँदैन ,चल्दैन भन्ने प्रतिक्रिया आयो  । साँच्चै भन्नुपर्दा उहाँहरुले मलाई पत्याउनुभएन ।त्यपछि म घरमा आएर रोएँ पनि । अन्त्यमा कमल जिशिको गरिमा कम्पनिबाट गीत बजारमा आयो । त्यसपछि मैँले गीत व्यवस्थित तरिकाले गर्ने अठोट नै लिएँ । तत्पश्चात्  केही बर्षको अन्तरमा’ मायामा पागल’ आयो जसका कारण मैले फर्केर हेर्नुपरेन । नबुझेका कुरा बुझ्दै गएँ ।

यहाँलाई लोक गायक भनेर चिनाएको गीत चाहीँ कुन हो ?

मलाई लोक गायक भनेर चिनाएको गीत ‘मायामा पागल’ हो । त्यो गीत विष्णु माझी र मैले गाएका हौँ । बागिना म्युजिकले बजारमा ल्याएको उक्त गीतले बिनय  खत्रीले  पनि गीत गाउने रहेछ भन्ने चिनायो । उक्त गीत सिआरबिटि र पिआरबिटिमा डेढ महिना जती एक नम्बरमा रहेको थियो । जुन २०७०- ७१ तिर हो त्यसपछिका गीतहरुबाट चिनिदैँ गएँ ।

गायनलाई निरन्तरता दिनुहुन्छ की अन्य केही सोच्नुभएको छ ?

मैले विभिन्न माध्यम मार्फत आम दर्शक स्रोतामाझ बर्षको एउटा नै भए पनि उत्कृष्ट गीत ल्याउने प्रतिज्ञा गरेको छु । बरु हाल चाहिँ बर्षमै चार ओटा सम्म भएको छ । पक्कै पनि यसलाई निरन्तरता दिनेछु् ।

गीत गाएर बाँच्ने अवस्था छ ?

नयाँ कलाकारहरुलाई गाह्रै छ । तथापी यसलाई निरन्तरता भने दिनु जरुरी छ । एउटा गाउँदैमा आत्तिएर यस क्षेत्रबाट भाग्ने पनि धेरै छन् ।यस क्षेत्रलाई निरन्तरता दिएको खण्डमा केही ने केही अवश्य हुन्छ । टिक्न भने सक्नुपर्दछ ।

गायन बाहेक अन्य के गर्नुहुन्छ ?

म गायन बाहेक सिनेमा हलमा जागिर गर्छु। सिनेमा क्षेत्रमा मेरो झुकाव पनि छ । सिनेमा क्षेत्रका धेरै व्यक्हिरुसँगको चिनजानका कारण केही सिनेमामा अभिनय गर्न अफर पनि आएको थियो । तथापी विविध कारण मैले त्यो गर्न सकिन । अब भने आफूलाई पनि इच्छा लाग्न थालेको छ । कुराहरु भइरहेका पनि छन् । सायद सिनेमामा पनि  देखिने छु ।

स्टेज प्रोग्राममा कतिको सक्रिय हुनुहुन्छ ?

पछिल्लो क्रममा मैले स्टेज प्रोग्रामका लागि त्यति समय दिन सकिरहेको छैन । केही साथीहरुले ठूलो बन्यो भन्नुहुन्छ , मलाई दुख पनि लाग्छ । किनकी मेरो रोजगारी सिनेमा हलमा भएको हुँदा समयको व्यवस्थापन गरेर कार्यक्रममा जानुपर्दछ । नजिकै भएका प्रोग्राममा त म जान्छु तर टाढाको प्रोग्राममा भने जान सकिरहेको छैन् । समय मिलाएर केही प्रोग्राममा जान्छु ।  यस बर्षको लागि केही प्रोगाम तय भइसकेका छन् ।

यहाँका आगामी कोशेलीहरु केके छन् ?

मेरा आगामी गीतमा पूर्णकला विसी र मैले स्वरवद्ध गरेको गीत चाँडै नै आउँदैछ  । त्यसपछि अर्को मुना थापा मगरसँगको  र अर्को,स्मारिका खत्रीसँग मैले स्वरवद्ध गरेको गीतहरु क्रमश आउनेछन् । मैले हालसम्म गरेका गीतहरुमा संगीत भने नेत्र अर्यालको रहेको छ ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More