म शाहरुखसंग बिहे गर्न चाहन्छु-करण जोहर

19 March, 2017 20:05 | कला/मनोरन्जन , वलिउड | comments | 1200 Views

इंडिया टुडे कनक्लेभ सन् २०१७ को दोस्रो दिनमा करण जोहरको उपस्थिती रह्यो । उक्त कार्यक्रममा करणले विभिन्न प्रश्नको निकै सटिक उत्तर दिए । उनले यौन सम्बन्धि प्रश्नहरुको पनि निकै स्पष्ट बयान दिए ।

karan-srk-stor

जब उनलाई शाहरुख खान, ऐश्वर्या राय र सिद्धार्थ मल्होत्रा मध्ये को सँग विवाह गर्नुहुन्छ भन्ने प्रश्न सोधियो तब उनले तत्काल उत्तर दिए – शाहरुख खान । यसको कारण उनले निकै रोचक बताए । शाहरुखको घर आफूलाई निकै मनपर्ने भएकाले आफूले शाहरुखसँग विवाह गर्ने सम्भावना रहेको उनले बताए ।

करणले आफ्नो आत्मवृत्तान्तमा करण जोहरले शाहरुखसँगको सम्बन्धबारे हुने चर्चामा पनि निकै खुलेर लेखेका छन् । करणले लेखेका छन्, ‘एक हिन्दी च्यानलमा ममाथि यस्तो प्रश्न सोधियो कि त्यसले मलाई निकै चकित तुल्यायो । प्रश्न यसरी सोधियो कि मलाई निकै रिस उठ्यो ।

त्यतिबेला मैले जवाफ दिएको थिएँ, ‘आफ्नो दाइसँग सुत्दा मलाई कस्तो महसुस होला ?’’करणले आफ्नो किताबमा लेखेका छन्, ‘जिन्दगीमा जस्तोसुकै स्थितीमा शाहरुख खानले मलाई सधैं समर्थन गरे । उनी मेरा लागि एक बुवा र दाइजस्ता हुन् ।’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More