“म संगीतबाट भागेको छैन, चाँडै चलचित्रमा संगीत दिंदैछु”: यम बराल (भिडियो)

18 October, 2017 17:21 | अन्तरवार्ता | comments | 29100 Views

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो समयदेखि नेपालको स्टेज तथा संचार माध्यममा कमै चर्चामा छन् ।

बराललाई यतिबेला विदेशमा कार्यक्रम गर्न भ्याइ नभ्याई छ र उनी अमेरिका पलायन भए भन्ने चर्चा चलिरहेकै छ । तर, गायक बरालले आफू कहिल्यै नविदेशिएको दावी गर्दै आफू कार्यक्रमका लागि मात्र विदेश गएको बताए ।

एनआरएनएको आठौं विश्व सम्मेलनका क्रममा राधजानीकोा हायात होटेलमा भेटिएका गायक बरालले आफ्नो सांगीतिक पक्षका साथै एनआरएहरुका विषयमा पनि आफ्नो धारणा व्यक्त गरेका छन् । विशेष गरी एनआरएनमा घुसाउन खोजिएको राजनीतिकरण र जातियकरणको विपक्षमा उभिए । उनले यस्तो कुराको बिरोध गर्नुपर्ने बताए ।

नेपालीहरु जहाँ जहाँ छरिएका छन् उनीहरुको नेतृत्व गर्ने एनआरएनएले गर्नु र त्यहाँ राजनीति गर्न नहुने र नेतृत्वमा बसेकाहरुले निष्पक्ष भएर काम गर्नुपर्ने सुझाव दिए ।

सांगीतिक गतिविधिका क्रममा दुईवटा एल्बम सार्वजनिक गर्ने तयारीमा रहेका बरालले हालै मात्र एउटा चलचित्रमा संगीत समेत दिएका छन् । चलचित्र संगीतमा यो पहिलो सुरुवात हो ।

यिनै गायक बरालसंग गरिएको कुराकानीको भिडियो अंश यहाँहरु समक्ष-

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More