यःमरी पुन्ही यःमरी पुन्ही

  • यःमरी पुन्ही
  • यःमरी पुन्ही
  • यःमरी पुन्ही
  • यःमरी पुन्ही
  • यःमरी पुन्ही
  • यःमरी पुन्ही

यःमरी पुन्ही कार्यक्रम कोलोराडोमा सम्पन्न

4 December, 2017 15:51 | प्रबास | comments | 77100 Views

यःमरी पुन्ही

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका – यःमरी पुन्ही उपलक्ष्यमा कोलोराडो निवासी नेवा समुदायले आइतबार एक कार्यक्रम आयोजना गरि यःमरी पुन्ही मनाएका छन् ।

नेवा खःल कोलोराडोले आयोजना गरेको यःमरी पुन्ही कार्यक्रममा सहभागी भई यःमरी बनाएर खाई हस्र्सोलास सग यःमरी पुन्ही मनाएका हुन् ।

adsads
नेवाखःलका अध्यक्ष प्रेमकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली घरका पूर्व अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठ, एनआरएन नर्वेका संस्थापक अध्यक्ष तथा प्रध्यापक बिशाल सिटौला, लायन्स क्लबका चेयर पर्शन जोशन श्रेष्ठ, वोर्ड नेवा अर्गनाईजेसन माउन्टेण्ड साईका उपाध्यक्ष भुवन श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरीकाका केन्द्रिय सदस्य भुषणलाल श्रेष्ठ, लङ्गमण्ट हिमालयज् लायन्स क्लवका अध्यक्ष प्रमोद श्रेष्ठ, नेपाली घरका उपाध्यक्ष नातिबाबु भट्ट, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका महासचिव श्याम श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, आयोजक संस्थाका पदाधिकारी, पत्रकार तथा गन्यमान्य ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

आयोजक संस्था नेःवा खलका सचिव मोहन श्रेष्ठले उपस्थित सबैलाई स्वागत गरेका थिए भने श्याम श्रेष्ठले कार्यक्रमको महत्ब र यसको ईतिहास कोट्याएका थिए । ऐतिहासिक कथन अनुसार पाञ्चाल देश हालको पनौतिमा सुचन्द्र महाजन नाम गरेका दानी र धर्मात्मा दम्पति बस्दथे । उनीहरुको चर्चा संसारभर फैलिएको थियो । एक दिन कुवेरलाई पनि उनी कत्तिका दानी रहेछन् भनि बुझ्न दरिद्रको भेष गरि ति दम्पत्तीको घर गएछन् । सुचन्द्र दम्पतिले बढो श्रद्धा पुर्वक भोजन गराएको देखि खुसी भई यमरीको महत्व बताएछन् । नयां अन्न भित्र्याए पछि भकारीमा गणेश कुवेर र तिनका बाहान सहितको प्रतिमा बनाई तिनलाई यःमरी चढाउने बिधि बताएर कुवेर अन्तर्ध्यान भएछन् । त्यो दिन मंसिर शुक्ल पुर्णिमा परेको थियो । त्यसैबेला देखि यःमरी पुन्ही मनाउने चलन रहेको बताईन्छ ।

यःमरी पुन्ही

कार्यक्रमा बोल्दै प्राध्यापक बिशाल सिटैेलाले मातृभुमीबाट यतिटाढा रहेर पनि आफ्नो संस्कृतीको पहिचानको लागी नेवारी समुदायले अयोजना गरेको यःमरी पुन्ही कार्यक्रममा सहभागी हुन पाउंदा आफुलाई गौरव महसुस भएको बताए ।

कार्यक्रममा नेपाली घरका पूर्व अध्यक्ष नारायण श्रेष्ठ, वर्ल्ड नेवा अर्गनाईजेसन माउन्टेण्ड साईका उपाध्यक्ष भुवन श्रेष्ठ, लायन्स क्लबका चेयर पर्शन जोशन श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रिय सदस्य भुषणलाल श्रेष्ठ, लङमन्ट हिमालयज् लायन्स क्लवका अध्यक्ष प्रमोद श्रेष्ठ, लगायतका बक्ताहरुले मन्तब्य दिंदै नेःवा संस्कृती र परंपरा बिशाल रहेको जसले नेपाललाई बिश्व माझ चिनाउन सफल भएको धारणा राख्दै यसको संरक्षकोलागी सबैको उत्तीकै जिम्मेवारी रहेको बताएका थिए ।

यःमरी पुन्ही

समारोहमा मोहन श्रेष्ठ र प्रमोद श्रेष्ठले नेवारी संस्कृती पहिचाहन गराउने धिमे बाजा, धा बाजा बजाएका थिए । त्यसैगरी मनोज तुलाधरले नेवारी गीत गाएर उपस्थित सबैलाई मनोरञ्जन दिएका थिए । कार्यक्रमका नेपाल संम्बतको क्यालेण्डर छाप्न बिज्ञापन उपलब्ध गराउने दाताहरुलाई बयोबृद्ध बिष्णुभक्त श्रेष्ठबाट क्यालेण्डर हस्तान्तरण गरिएको थियो । कार्यक्रम लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्टमा आयोजना गरिएको थियो ।

लोप हुने अवस्थामा यःमरी भाका

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
यःमरी पुन्ही

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More