यसपटक एकसय घण्टा लगातार बोल्ने लक्ष्य छ : अनन्तराम केसी (भिडियो अन्तरवार्ता)

12 July, 2018 16:02 | अन्तरवार्ता | comments | 40800 Views

० तपाई विश्वमा सबैभन्दा बढी समय लगातार बोल्ने कीर्तिमान राख्ने तयारीमा हुनुहुन्छ । अहिलेसम्म विश्वको सबैभन्दा लामो समय बोल्ने कुन देशका नागरिक रहेका थिए ?
– अहिलेसम्म भारत केरेलाका बिनु केन्थमले ७७ घण्टा लगातार बोलेर कीर्तिमान राखेका छन्- यो कीर्तिमान भदौ ११ गतेबाट तोडिने क्रममा हुनेछ ।

adsads

० तपाईले अघिल्लो वर्षा पनि यो अभियान सुरु गर्नुभएको थियो ? यसको प्रमाणिकरण भएन कारण के थियो होला ?
केही प्रविधिक कारणल गर्दा प्रमाणिकरण भएन । प्राविधिक त्रुटीहरु कारणले गर्दा हरेक घण्टाको फुटेज उपलव्ध गराउन सकेनौ । हरेक घण्टको फुटेज र ब्रेक टाइम जुन १ घण्टामा ५ मिनट मात्र पाइन्छ । त्यो चाँहि समय व्यवस्थापनका कारणले गल्ती भयो । ७१ घण्टा पुगेपछि लिनुपर्ने ब्रेक ५७ मिनेटमा लिइएको पाइयो । जुन प्राविधिक त्रुटी थियो ।

० भनेपछि अगिल्लो पटकको प्रयास अलि अपरिपक्क जस्तोे देखियो ?
तयारी र अनुभव नभएको कारणले गर्दा यस्तो देखियो । यसपटक एकदम गम्भिरताका साथ र पूरा तयारी गरिरहेका छौँ र यो पटक त्यस्तो हुने छैन ।

० तपाईलाई यो विश्वमा सबैभन्दा लामो कृतिमान राख्ने कुरा जोस, जागर वा पागलपन के–हो यो ?
यो एउटा पागलपन पनि हो । मैले गर्छु भनेपछि त्यो उद्देश्यमा नपुगेसम्म छाड्दिन । जसरी लक्ष्मीप्रसाद देवकोटाले कविता लेख्दा उनलाई पनि पागल भनेका थिए । त्यैपनि उनी गहिराइमा गएर कविता मात्र सोच्थे अरु केही सोच्दैनथे । यसरी नै मरो पनि सानैदेखिको विश्व कृतिमान राख्ने पागलपन थियो ।

त्यसपछि मैले गुरुहरुबाट यो कुरा सम्भव हुन्छ भन्ने ज्ञान पाए । मनोशक्तिका माध्यमले यो काम गर्न सक्छु भन्ने आँटका साथ गत वर्ष पनि विना तयारी ८० घण्टा बोलेको हुँ । यसपटक म ९० घण्टा त जान्छु नै नत्र १०० घण्टासम्म जाने गरी तयारी भैरहेको छ ।

हेर्नुहोस् यो भिडियो कुराकानी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More