यसै बर्ष चीनका राष्ट्रपति सि जिङपिङलाई नेपाल भ्रमण गराउछौंः मन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई देशका राष्ट्राध्यक्षको उच्चस्तरीय भ्रमण गराउने वातावरण मिलाउनमा आफ्नो चीन भ्रमण केन्द्रित हुने बताएका छन् ।
सोमबार ६ दिने चीन भ्रमणमा जानुअघि पत्रकार सम्मेलन गर्दै ज्ञवालीले चिनियाँ राष्ट्रपति सि जिङपिङलाई पनि नेपाल भ्रमण गराउनेतर्फ भेट केन्द्रित हुने बताए ।
‘हामी असल छिमेकीको बीचमा हुने सम्बन्ध विस्तार गर्ने पक्षमा छौं,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘त्यसका लागि दुई पक्षीय र बहुपक्षीय उच्चस्तरीय भ्रमण हुन जरुरी छ ।’ चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवाली चीन भ्रमणमा जान लागेका हुन् ।
आफ्नो भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय गर्ने नभई छलफलका लागि मात्र हुने भन्दै ज्ञवालीले दुवै देशका उच्च नेतृत्वले भ्रमण अहिलेको मुख्य चासो भएको बताए । भ्रमणमा यसअघि विभिन्न समयमा सम्झौता भएका परियोजनाको बारेमा पनि कुरा हुने ज्ञवालीको भनाइ छ । प्रधानमन्त्री ओलीको चीन भ्रमण यही वर्षभित्रै हुने भए पनि मिति भने टुंगो लाग्न बाँकी रहेको बताए ।
नेपालको खास आवश्यकता र चासो रेल, पूर्वाधार र विद्युत निर्यातमा भएकाले त्यसको बारेमा भेटमा कुराकानी हुने उनले बताए । केरुङ लगायतका चीनसँग जोडिने नाकाहरुमा पूर्वाधार विस्तार, ट्रान्समिसन लाइन र यातायात विस्तारका बारेमा उच्चस्तरीय छलफल उनले जानकारी दिए ।
भुकम्पलगत्तै तीन बिलियन सहयोग दिने घोषणा भएको र त्यसका लागि निश्चित योजनाहरु छनौट भएकाले त्यसको लागि भ्रमणले थप सहजीकरण गराउने उनको भनाइ छ ।
भ्रमणका क्रममा चिनियाँ समकक्षीसँगै उच्च राजनीतिक नेतृत्वसँग पनि भेट हुने उनले बताए । उनी चीन भ्रमणबाट ८ गते स्वदेश फर्कनेछन् ।
चीनसँग व्यापार हुँदै आएको तातोपानी नाका छिट्टै खुल्नेमा आफू आशावादी रहेको मन्त्री ज्ञवालीले बताए । चिनियाँ पक्षसँग विभिन्न समयमा कुराकानी भएको र नेपाल–चीन सम्बन्धको ऐतिहासिक महत्व उक्त नाकाले बोक्ने भएकाले छिटै खुल्ने उनले बताए ।
२०७२ सालको भूकम्पपछि उक्त नाका बन्द रहेको छ । नाका खुल्ने कुरामा पछिल्लो पटक चीनसमेत सकारात्मक रहेको संकेत आफूले पाएको उनले बताए ।
‘नेपालले तिनै चरणको चुनाव सम्पन्न गरेर संघीयतामा गएर काम गरिरहेको सन्देशसहित म बेइजिङ जाँदैछु,’ मन्त्री ज्ञवालीले भने, ‘भ्रमणका क्रममा दुई वर्षअघि चीनसँग भएका पारवहन लगायतका सम्झौताको पनि समीक्षा हुन्छ ।’
तपाईंको प्रतिकृया
ताजा समाचार
- नेपाल सेन्ट्रल जोन भलिबलको सेमिफाइनलमा
- प्रदेश ३ का सांसदको पोषाक कालो कोट र सेतो दौरा सुरुवाल
- दिल्ली टस जितेर बलिङ गर्दैः सन्दीप टोलीमा परेनन्
- सुन तस्करीमा सम्लग्न पूर्व डिआईजी निरौला विरुद्ध मुद्दा
- भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
- प्रदेश नं २ मा धार्मिक पर्यटकीय विकास प्राथमिकतामा
- तेजाब खन्याउने प्रहरीविरुद्ध ज्यान मुद्दा
- सोमबार दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार
- भारतीय राजदूतावासको सम्पर्क कार्यालयनजिक बम विस्फोट गराएको अभियोगमा दुई पक्राउ
- आरोले मुढा चिर्दै मजदुर
- हिमालको शोभा बढाउँदै लालीगुराँस
- रसिलो ऐसेलु
- ‘छ लेन‘ सडक निर्माणका लागि सडक क्षेत्रमा बनेको घर भत्काइँदै
- फुगाउँ जाने ढोका
- विवाह समारोहमा हवाई आक्रमण, कम्तीमा ४० जना हताहत
- उत्तर कोरियामा ३२ चिनियाँ पर्यटकको मृत्यु : चीन
- कञ्चनपुरमा २० नयाँ कुष्ठरोगी फेला
- वनेपामा ‘करेन्ट साङ्गीतक यात्रा’
- ५० हजार घुससहित वाणिज्य बैंकका सहायक प्रबन्धक काफ्ले पक्राउ
- पर्यटकीय पदमार्ग निर्माण शुरु
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
नरेन्द्र रौले
रविन्द्र अधिकारी
भरत भुषाल
किशोर सुबेदी


