यस्तो शहर जहाँ बस्दा पैसा पाइन्छ

1 November, 2017 12:29 | बिचित्र | comments | 28350 Views

कन्डेला शहर

शहरमा बस्ने रहर धेरै मानिसहरुलाई हुन्छ कतिपय शहरको मंहगी थेग्न नसकेर गाउँ फर्किरहेका पनि हुन्छन तर दुनियाँमा यस्तो शहर पनि छ जसमा बस्दा उल्टो पैसा पाइन्छ ।

इटालीको एउटा शहरमा मानिसहरूलाई बसाउनका लागि त्यहाँको सरकारले पैसा दिइरहेको छ । कन्डेला शहरका मेयर निकोला ग्याटाले शरहको जनसंख्या घट्दै गएपछि यो कदम उठाएकी हुन् ।

मेयरका अनुसार, शहरलाई सन् १९९० मा जस्तै आठ हजार जनसंख्या पुर्याउने उनको लक्ष्य हो । अहिले यो शहरको जनसंख्या जम्मा २७ सय छ ।यो शहरका गल्लीहरू मानिस र पर्यटकले भरिने गरेकोमा अर्थव्यवस्थामा संकट आएपछि मानिसहरू अन्तै बसाइँ सरेका थिए । त्यसपछि जनसंख्या बढाउनका लागि अनेकौं उपाय सोचिए ।

मेयरले यो अफरअन्तर्गत सिंगललाई ८०० युरो र कपललाई १२ सय युरो दिने फैसला गरेकी छन् । तीनदेखि पाँच सदस्य भएको परिवारलाई १५ सयदेखि १८ सयसम्म युरो दिइन्छ ।

यहाँ बस्नखोज्ने मानिसलाई करछुट र बालबच्चा स्याहार सुविधा पनि दिइनेछ । मेयरसँग काम गर्ने एक कर्मचारीका अनुसार, शहरको जीवनस्तर धेरै राम्रो रहेको छ ।

सरकारसँग शर्माले मागे ४० करोड : एक पैसा पनि नदिने मन्त्रीको घोषणा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More