केपी ओली र माधव नेपाल केपी ओली र माधव नेपाल

  • केपी ओली र माधव नेपाल
  • केपी ओली र माधव नेपाल

यी ठूला नेता जो आफैँलाई भोट हाल्न पाउँदैनन्

6 December, 2017 12:58 | पत्रपत्रिका | comments | 29250 Views

दोस्रो चरणको निर्वाचन विभिन्न दलका शीर्ष नेताले आफैंलाई भोट हाल्न पाउदैनन । ति भोट हाल्न नपाउने ठूला नेताहरु यस प्रकार रहेका छन् –

केपी ओली र माधव नेपाल

केपी ओली र माधव नेपाल

एमाले अध्यक्ष केपी ओलीले आफैँलाई मत हाल्न नपाउने भएका छन् । उनी झापा ५ का उम्मेदवार हुन् । तर, ओलीको मतदाता नामावली भक्तपुर सूर्यविनायक नगरपालिका–२ मा छ । एमाले नेता माधव नेपाल काठमाडौं २ बाट उम्मेदवार बनेका छन् । तर, उनको मतदाता नामावली रौतहटमा छ । उनले गौर नगरपालिकाको रामजानकी केन्द्रबाट मतदान गर्दै आएका छन् ।

महरा, कार्की र सुवेदी

महरा, कार्की र सुवेदी

माओवादी नेता कृष्णबहादुर महरा, सुरेन्द्र कार्कीझक्कुप्रसाद सुवेदीले आफूलाई मत हाल्न पाउने छैनन् । महरा दाङ २ बाट प्रतिनिधिसभा उम्मेदवार छन् । उनले यसअघि रोल्पाको लिवाङ नगरपालिका–१, तारा मावि केन्द्रबाट मत हाल्दै आएका थिए । यस्तै, कार्की झापा १ बाट उम्मेदवार छन् । उनी काठमाडौंका मतदाता हुन् । रोल्पामा मतदाता सूचीमा नाम रहेका सुवेदी काठमाडौं ६ बाट उम्मेदवार छन् ।

ठाकुर र महतोले आफैँलाई मत हाल्न पाउँदैनन्

ठाकुर र महतो

राजपा अध्यक्षमण्डलका नेता महन्थ ठाकुरराजेन्द्र महतोले आफूलाई भोट दिन पाउने छैनन् । ठाकुर महोत्तरी–३ बाट उम्मेदवार छन् । उनको मतदाता सूची सर्लाहीको बलरा नगरपालिकामा छ । राजपाका अर्का नेता महतोको मतदाता सूची सर्लाही चन्द्रनगर नगरपालिका–२ मा छ । उनी धनुषा ३ मा उम्मेदवार बनेका छन् ।

आरजुदेखि मीनेन्द्रसम्म वञ्चित

आरजुदेखि मीनेन्द्रसम्म वञ्चित

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा कैलाली ५ बाट उम्मेदवार बनेकी छिन् । उनको मतदाता नामावली डडेल्धुरामा छ । कैलाली कांग्रेस सभापति नरनारायण शाहका अनुसार बुथमा घुम्नुपर्ने भएकाले देउवा मत हाल्न डडेल्धुरा जाने छैनन् । भक्तपुर २ का कांग्रेस उम्मेदवार दमननाथ ढुंगानाले स्थानीय निर्वाचनमा काठमाडौं २ बाट मत हालेका थिए । मोरङ–२ का कांग्रेस उम्मेदवार डा. मीनेन्द्र रिजालले पनि आफैँलाई भोट दिन पाउनेछैनन् । उनी विराटनगर महानगरपालिका–१ अर्थात् निर्वाचन ४ का मतदाता हुन् । मोरङ–५ का कांग्रेस उम्मेदवार अमृत अर्यालको मतदाता सूची क्षेत्र नम्बर ४ मा भएकाले उनले आफैँलाई मत दिन पाउने छैनन् ।

उपेन्द्रले पनि पाउँदैनन्

उपेन्द्र यादव

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि आफैँलाई भोट दिन पाउने छैनन् । उनी सप्तरी २ का उम्मेदवार हुन् । यादवको मतदाता सूची मोरङ विराटनगर महानगरपालिका–१४ जतुवामा छ ।

आजको नयाँ पत्रिकामा खबर छ ।

दोस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा दलका नेताहरु गालीगलौजमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

खुकुरी

फेसबुक

खुकुरी

ट्वीटर

सामाजिक सञ्जाल

More