युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

22 July, 2018 22:47 | एन आर एन न्युज | comments | 23400 Views

मुल नारा- “युरोपीय एनआरएनको प्रतिवध्दता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी” 

“युरोपीय एनआरएनको प्रतिवध्दता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी” मुल नाराका साथ गैरआवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठक २०१८ यहि जुलाई २९ र ३० मा लक्जेम्बर्गमा हुने भएको छ ।

लक्जेम्बर्ग स्थित हिल्टन होटलमा आयोजना गरिने बैठकको तयारी प्रायः पूरा भएको संघद्वारा जारी विज्ञप्तिमा जनाइएका छ ।

adsads

यसपटकको बैठक विशेष गरी नेपालमा पूँजी सहित ज्ञान, सीप र दक्षता भित्र्याउने र नेपालको पर्यटन प्रवर्धनमा केन्द्रित रहने बताइएको छ ।

संघका प्रवक्ता भुषणा घिमिरेद्वारा जारी विज्ञप्ति अनुसार विदेशमा आर्जित ज्ञान तथा सीपको प्रयोग गरी नेपालको रुपान्तरणको प्रचुर सम्भावना रहेको रयसपटकको युरोपीय क्षेत्रीय बैठक सोही कार्यलाई अघि बढाउन एउटा दरिलो पाइला बन्ने विश्वास लिइएको छ ।

गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनु हुने विज्ञहरु र नेपालसँग जोडिएका विदेशी विज्ञहरुलाई एकै थलोमा ल्याउन गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १३ र १४ तारिखमा (दुईदिने) काठमाडौंमा एक विज्ञ सम्मेलन आयोजना गर्न लागिएको पनि जानकारी दिइएको छ ।

युरोपीय बैठकमा एनआरएनका आन्तरिक विषयहरु तथा कार्य समीक्षा, एनआरएन अभियानमा युवा तथा नयाँ पुस्तालाई सहभागी गराउँदै नेपाली भाषा र संस्कृतिको जगेर्ना गराउने विषय, युरोपमा नेपालीको बढ्दो उपस्थिति र उनीहरुले भोग्नु परेका समस्या र समाधानका उपाय, युरोपमा नेपालको पर्यटन प्रवर्धन गर्ने उपाय, नेपालमा लगानीको अवसर, सबै बालबालिकालाई शिक्षा अभियानमा एनआरएनको सहभागिता लगायतका विषयहरुमाा गहन छलफल हुने छ ।

त्यसै गरी एनआरएनएको विधान, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपाली नागरिकता लगायतका १५ भन्दा बढी बुँदामा बृहत छलफल हुने विज्ञप्तिमा जनाइएको छ ।

बैठकमा नेपालबाट परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली प्रमुख अतिथिको रुपमा र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई विशेष अतिथिका रुपमा सहभागी हुनेहुनेछ । आयोजक राष्ट्र लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश कार्यक्रमका अर्का विशेष अतिथि हुनुहुने भएको छ ।

बैठकमा एनआरएनएका अध्यक्ष, संस्थापक अध्यक्ष पूर्व अध्यक्षहरु, संरक्षकहरु, आइसिसिका पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुको साथै युरोपस्थित संघको २८ देशका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु सहभागी हुनुहुने छ ।

आइसीसीका युरोप क्षेत्रीय संयोजक शिव कुमार बरुवालको संयोजकत्वमा हुन लागेको बैठक विभिन्न सत्रहरुमा बाँडिएर छलफल हुनेछ । बैठकमा समावेश विभिन्न सत्रमध्ये सीप तथा प्रविधि हस्तान्तरण सत्रको संयोजन एनआरएन आइसीसी संरक्षक राम प्रताप थापाले गर्नुभएको छ ।

यस पटकको वैठकमा संघले नेपाल पर्यटन बोर्डसंग मिलेर संचालन गरेको भिडियो च्यालेन्ज प्रितियोगितामा सहभागी भिडियोहरुमध्ये छानिएका भिडियोहरु प्रदर्शन गरिने छ । तीमध्ये सहभागीहरुको मतव्दारा उत्कृष्ठ ठहरिएका भिडियोलाई आगामी गैरआवासीय नेपाली दिवसमा पुरस्कृत गर्ने योजना रहेको संघले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

किम जोङ हत्या

फेसबुक

किम जोङ हत्या

ट्वीटर

सामाजिक सञ्जाल

More