युवाहरुको क्रेज बढ्दैछ चलचित्र अध्ययनमा (भिडियोसहित)

6 December, 2017 18:46 | कला/मनोरन्जन , कलिउड | comments | 13800 Views

विदेशबाट चलचित्र सम्बन्धी अध्ययन गरेका केही युवाले बनाएका चलचित्रले नेपाली दर्शकले लिइरहेको चलचित्रको स्वाद र परिभाषा बदलिदिएपछि अहिले नेपालमा चलचित्रप्रति युवा पुस्ताको ध्यान तानिएको छ । उनीहरु यस सम्बन्धी अध्ययनमा लागिपरेका छन् ।

यद्यपि नेपालमा अहिले पनि चलचित्र सम्बन्धि अध्ययनको लागि राज्यको तर्फबाट कुनै पनि विद्यालय स्थापना भएको छैन । चलचित्रसंग सम्बन्धित विविध निकाय छनु, तर ती सबै दलका कार्यकर्ता भर्तीकेन्द्र बनेका छन् ।

विश्वका धेरै मुलुकमा राज्यबाटै चलचित्रका विविध विधामा अध्यापन गराइन्छ । विद्यालय तथा विश्वविद्यालय खुलेका छन् । तर नेपालमा निजी क्षेत्रबाट भने केही यस्ता बिद्यालय सञ्चालनमा आएका छन् । तीमध्येको एक हो कान्तिपुर फिल्म एकेडेमी ।

यो एकेडेमी चलचित्रकर्मीले नै खोलेका हुन् । यहाँ चलचित्र निर्माण अन्तर्गत निर्देशन, सिनेमेटोग्राफी चलचित्र लेखन तथा भिडियो सम्पादन साथै अभिनयको १ बर्षे कोर्ष गराइन्छ । अहिले यो एकेडेमीले लगभग १०० जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।

हेरौं यस सम्बन्धी यो भिडियो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More