यूरोपको अर्थतन्त्रमा क्रयशक्ति निर्धारण सूचकांक ५७.५%, रोजगारीको अवसरै अवसर

24 November, 2017 18:00 | विश्व समाचार | comments | 11550 Views

यूरोपमा यो नोभेम्बरमा व्यापारिक गतिविधिमा व्यापक वृद्धि भएको एक  प्रतिवेदन  सार्वजनिक भएको छ। बिहीबार  सार्वजनिक भएको महत्वपूर्ण सर्वेक्षण प्रतिबेदनमा १७ वर्ष यताकै बढि रोजगारी सिर्जना भएको जनाइएको छ।

विगत १७ बर्षलाई हेर्दा यस बर्ष यहाँको रोजगारीका अवसर सिर्जना दरमा एकदमै छिटो रफ्तारमा सुधार देखिएको र यसले यूरोप क्षेत्रको अर्थतन्त्रलाई ह्वात्तै बढाएको अध्ययनले देखाएको छ । विश्लेषकहरू भन्छन्, “तथ्याङ्क अनुगमनकारी निकाय आइएचएस मार्किटले गरेको सर्वेक्षण प्रतिवेदन अनुसार यूरोपको अर्थतन्त्रले बेलायतको यूरोपबाट हुने बहिर्गमनलाई सामना गर्नसक्ने तथा अर्थतन्त्रका लागि उत्कृष्ट बर्ष हुने देखिएको छ ।”

“यूरोप क्षेत्रको क्रयशक्ति निर्धारण सूचकाङ्कले दिएको सन्देश प्रष्ट छ कि यहाँको व्यवसाय फस्टाउँदो  अवस्थामा छ,” आइएचएस मार्किटका क्रिस विलियमसनले भने, “यूरोपमा अर्थतन्त्रमा देखिएको सुधारसँगै रोजगारीका अवसर अत्यधिक तीव्र दरमा सिर्जना भएका छन् त्यसैले व्यवसायिक कम्पनीहरूले माग अनुसारको उत्पादन गर्न सक्षम बन्ने प्रयास गर्दैछन् ।”

मार्किटले तयार पारेको क्रयशक्ति निर्धारण सूचकाङ्क अक्टोबरमा ५६ रहेकोमा नोभेम्बरमा ५७.५ प्रतिशत पुगेको प्रतिवेदन तयार गर्न सम्लग्न रहेको समूहको दावी छ । सूचकाङ्क ५० भन्दा बढी हुनुलाई सकारात्मक मानिन्छ । सन् २०११ को मे पछि फ्रान्सको प्रगति उच्च दरमा रहेको पाइएको छ । यसलाई अनुमानभन्दा माथि बताइएको छ र फ्रान्सले जर्मनीलाई यो बर्षसँगै पाँच पर्षमा चौँथो पटक उछिन्न सफल देखिएको छ ।

बेरोजगार दरमा कमी आउनु र पछिल्लो समय देखिएको स्वच्छ आर्थिक वृद्धि हेर्दा यूरोपेली केन्द्रीय वैंकले अक्टोवरमा धितो-पत्रलाई आधा बेच्ने भनी गरेको निर्णयलाई पनि पुष्टी गरिदिएको छ । तर विलियमसनले भने अझै सङ्कट आउनसक्ने भनी चेतावनी दिए। यद्यपि उनले यूरोपको सवैभन्दा ठूलो अर्थतन्त्र मानिने जर्मनीको राजनीतिक समस्यालाई महत्वकासाथ प्रस्तुत गरेका छैनन् ।

जापानमा श्रमिक ज्यालामा व्यापक वृद्धि

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More