यू १९ एसिया कप : भारत बंगलादेशसंग पराजित भएसंगै नेपाल सेमिफाइनल प्रवेश

14 November, 2017 20:54 | खेल | comments | 7200 Views

नेपाल सेमिफाइनल प्रवेश

मलेसियामा जारी यू १९ एसिया कप अन्तर्गतको खेलमा बंगलादेशले भारतलाई पराजित गरेसंगै नेपाल पहिलो पटक यू १९ एसिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गर्यो । भारतले दिएको १८८ रनको लक्ष्य लिएर मैदान उत्रेको बंगलादेशले २८ ओभरमा २ विकेट गुमाउदै लक्ष्य भेट्टायो । उसको लागि पिनाक घोषले ८१ रनको पारी खेल्दै टोलीलाई समूहको विजेता बनाउदै सेमिफाइनल पुर्याए ।

पानीले प्रभावित भएको कारण खेल ३२ ओभरमा छोटिएको थियो ।बंगलादेशको जितसँगै नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ भने भारत समूह चरणबाटै बाहिरिएको छ। यसअघि मंगलबारै भएको खेलमा समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको थियो ।

वर्षाले प्रभावित खेलमा टस जिते मलेसिलायालाई ब्याटिङको निम्तो दिएको नेपालले मलेसियालाई ४५ रनमा समेटेको थियो । खेल २४ ओभरमा छोट्याइएको थियो ।

नेपालका कसिलो बलिङ सामु टिक्न नसकेका मलेसिया १५.३ ओभरमा सबै विकेट गुमाउदै ४५ रनमा समेटिएपछि नेपालले सहज विजयको लक्ष्य पाएको थियो । ४६ रनको विजयी लक्ष्य लिएर ब्याटिङमा उत्रिएको नेपालले ५.३ ओभरमाा २ विकेट गुमाउँदै ५१ रन बनायो ।

नेपालका लागि अनिल कुमार साहले अविजित २६ रन बनाए भने भिम सार्कीले ३ रन बनाए । त्यस्तै महम्मद आसिफ शेख र दिपेन्द्र सिं ऐरी क्रमशः ४ र १२ रन बनाएर आउट भए । साहले १५ बलमा तीन छक्का र एक चौका प्रहार गरेर सजिलो विजय दिलाए ।

नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए भने दिपेन्द्र र शाहब अलामले समान २- २विकेट लिए । त्यस्तै अनिल कुमार साहको भागमा १ विकेट रह्यो ।

मलेसियाका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंक जोडेका थिए । उसका लागि सायिद अजिज सायिद मुबारकले २० र विरन्दीप जगजीत सिंहले १० रन बनाए ।

नेपाल सेमिफाइनल प्रवेश

अब नेपालले सेमिफाइनलमा नेपालले समूह ‘बी’ को बिजेता अफगानिस्तानसंग शुक्रबार खेल्नेछ भने बंगलादेशले पाकिस्तानसंग बिहिबार खेल्नेछ ।

मलेसियामाथि नेपालको आठ विकेटको जीत, सेमिफाइनलको सम्भावना बलियो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More