रसियाले २३ बेलायती कुटनीतिज्ञ देश निकाला गर्ने

17 March, 2018 20:39 | विश्व समाचार | comments | 92700 Views

रसियाले मस्कोस्थित २३ जना बेलायती कुटनीतिज्ञलाई देश निकाला गर्ने भएको छ । लन्डनमा कार्यरत आफ्ना २३ जना कूटनीतिज्ञलाई बुधबार देश निकाला गर्ने बेलायत सरकारको घोषणाको विरुद्धमा रसियाले पनि सोहि संख्यामा बेलायती कुटनीतिज्ञलाई देश निकाला गर्ने जनाएको हो ।

adsads

बेलायती प्रधानमन्त्री थेरेसा मेले पूर्व गुप्तचर ६६ वर्षीय सेर्गेइ स्क्रिपाल र उनकी ३३ वर्षीया छोरी युलियाको हत्या प्रयासमा दोषी ठहर गरी रसियाली कुटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेकी थिइन् ।
सोहि निर्णयको विरोधमा रसियाली विदेश मन्त्रालयले आगामी एक साताभित्र मस्कोस्थित बेलायती दुताबासमा कार्यरत सबै कर्मचारीलाई पनि देश निकाला गर्ने घोषणा गरेको छ ।

रसियाली विदेश मन्त्रालयका अनुसार दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई प्रवद्धन गर्दै आएको ब्रिटिस काउन्सिल तथा सेन्ट पिटर्सवर्गस्थित बेलायती कन्सुलेटको कार्यालय पनि बन्द गरिने छ ।

देश निकालाको घोषणा गर्ने क्रममा प्रधानमन्त्री थेरेसा मेले ती कूटनीतिज्ञहरु अघोषित गुप्तचर अधिकारी रहेको पुष्टि भएको बताएकी थिइन्। बेलायती प्रधानमन्त्रीले रुससँगको कूटनीतिक सम्बन्ध टुटाउन भने नचाहेको स्पष्ट पारेकी थिइन् । तर दुई पक्षीय उच्चस्तरीय कूटनीतिक सम्पर्क भने तत्कालका लागि स्थगित गरिएको बेलायतले जनाएको थियो ।

रसियाको विदेश मन्त्रालयबाट बाहिरिदैँ बेलायती​ राजदुत लाउरी ब्रिस्टो

रसियाका लागि बेलायती राजदुत लाउरी ब्रिस्टोलाई शनिबार रसियाको विदेश मन्त्रालयमा बोलाएर रसियाको पछिल्लो निर्णयको बारेमा जानकारी दिइएको छ । जानकारी लिने क्रममा ब्रिस्टो १० मिनेट मात्र मन्त्रालयमा बसेका थिए ।

आफ्नो वक्तव्यमा रसियाली विदेश मन्त्रालयले बेलायतका तर्फबाट यस्तै अनैतिक घोषणाहरु भएको खण्डमा यसले अन्य प्रतिशोधक क्रियाकलापहरु गर्न बाटो खोलीदिने चेतावनीसमेत दिएको छ ।

रसियाली विदेश मन्त्रालयबाट फर्किनुअघि राजदुत ब्रिस्टोले बेलायतको रसियाली जनतासँग कुनै पनि द्वेश नराखेको बताएका थिए । उनले भने,‘बेलायत सधैँ आफ्नो सुरक्षाका लागि आवश्यक कदमहरु चाल्छ जुन उपयुत्त छन् ।’

बेलायतका पूर्व गुप्तचर स्क्रिपाल र उनकी छोरीलाई गत मार्च ४ मा विष खुवाइएको थियो । उनीहरुको अहिले गम्भीर अवस्थामा उपचार भइरहेको छ । गत मार्च ४ मा ती बाबुछोरीलाई बेलायतको दक्षिण शहर सालिसवरीस्थित एक सपिङ सेन्टर अगाडि बेहोस अवस्थामा भेटिएको थियो ।

हत्या प्रयास गरिएका पूर्व गुप्तचर स्क्रिपाल र उनकी छोरी

सोहि विषयमा बुधबार आकस्मिक रुपमा बोलाइएको संयुक्त राष्ट्रसंघअन्तर्गत सुरक्षा परिषदको बैठकमा बेलायत सरकारको निर्णयप्रति रुसले गम्भीर असन्तुष्टि व्यक्त गरेको थियो । सो बैठकमा सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुले आफ्नो धारणा राखेका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More