श्रीदेवी श्रीदेवी

  • श्रीदेवी
  • श्रीदेवी
  • श्रीदेवी
  • श्रीदेवी
  • श्रीदेवी
  • श्रीदेवी

रहिनन् बलिउडकी चर्चित अभिनेत्री श्रीदेवी

25 February, 2018 12:43 | कला/मनोरन्जन , वलिउड | comments | 110250 Views

श्रीदेवी

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ। ५४ वर्षीय श्रीदेवीको हृदयाघातको कारण मृत्यु भएको हो ।

adsads

युएईमा एक वैवाहिक कार्यक्रममा उनी पति बोनी कपुर र कान्छी छोरी खुशीका साथमा थिइन् । पुरूष कलाकारको सहयोग विनै सफल चलचित्र दिने थोरै अभिनेत्रीहरूमा श्रीदेवी ८० को दशक र ९० को सुरवातमा हिन्दी फिल्म बजारमा एकक्षत्र राज गरेकी थिइन् । सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा जन्मेकी श्रीदेवीले बालकलाकारको रूपमा चार वर्षको उमेरमा एउटा तमिल चलचित्रबाट काम शुरू गरेकी हुन् ।

उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन्। बलिउड चलचित्र ‘सोलहवा साल’ बाट अभिनय शुरू गरेकी श्रीदेवीको हिम्म्तावाला, सदमा, मिस्टर इन्डिया, नगिना, चाँदनी, चालबाज, लम्हे, गुमराह, खुदागवाह, जुदाई जस्ता दर्जनौं फिल्महरु चर्चित छन् । दक्षिण भारतीय मुलकी श्रीदेवी कुनै समय तमिल फिल्मकि पनि सुपरस्टार थिइन् ।

उनलाई ‘लेडी अमिताभ बच्चन’ र ‘रुप कि रानी’ उपनामले चिनिन्थियो । सन् १९९७ मा जुदाई नामक चलचित्रमा अभिनय गरेपछि १५ वर्षसम्म उनी चलचित्रमा देखिनन्। त्यसपछि उनी सन् २०१२ मा इंग्लिश-विंग्लिश नामक चलचित्रमा अभिनय गरिन्। जुन व्यावसायिक रूपमा निकै सफल रहेको थियो । उनको अन्तिम फिल्म मम थियो जुन गत वर्ष सार्वजनिक भएको थियो। उनले त्यस चलचित्रमा आमाको भूमिका निर्वाह गरेकी थिइन् ।

सिनेक्षेत्रमा प्रबेश गरेको ५० बर्षको अबसरमा श्रीदेवीको नया फिल्म रिलिज

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
श्रीदेवी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

आर्डेन

फेसबुक

आर्डेन

ट्वीटर

सामाजिक सञ्जाल

More