राजनीतिमा होमिएका रबिन्द्र मिश्रलार्इ शुभकामना

4 March, 2017 17:03 | बिचार | comments | 1 Views
Premila Gauchan
प्रेमिला गौचन

मैले पत्रकारिता सुरु गरेको मिती ठ्याक्कै थाहा भएन, किन कि मेरो नियुक्त्ती पत्र शायद हराएको हुनु पर्छ या कतै कुनामा थन्किएको हुनु पर्छ, तर मलाई थाहा छ, ०४७ सालको आम निर्वाचन पछी मलाई पत्रकारिता लागि धेरै पटक अनुरोध आएको थियो । तर मैले सहर्ष स्विकार गरिन अङ्रेजी पत्रीकाको पत्रकार बन्नलाई । किनकी मैले पत्रकारिता बिषय पनि पढेकी थिईन र योग्यता पनि प्रमाण पत्र तह मात्रै । हाम्रो पारिवारिक माहोल पनि न राजनैतिक थियो, न त पत्रकारिता नै ।

न मेरो कुनै अनुभव थियो । पूर्व प्रधानमन्त्री स्व मरिचामान सिहकी सम्दिनी उर्मिला श्रेष्ठको घरमा ४,५ पटक भेट्ने क्रममा पिपुल्स रिभ्यु साप्ताहिककी प्रबन्ध निर्देशक स्व. जसुधा प्रधान दिदीले मेरो हातमा सोल्टी होटेलमा हुने अन्तरराष्ट्रिय स्तरको पत्रकार सम्मेलनको निमन्त्रणा पत्र मेरो हातमा थम्याइ दिनु भयो । यस पत्रिकाको सम्पादक भने उहाकै श्रीमान पुष्पराज प्रधान स्थापनाकालदेखी हालसम्मै हुनुहुन्छ । मैले दिदिले भने अनुसार नै मैले त्यो पत्र लिएर उक्त सम्मेलनमा रिभ्युकी प्रतिनिधित्व भएर भाग लिन पुगे । शायद यो नै मेरो पहिलो पत्रकारिताको सुरुवातीको दिन हो । मैले नियुक्त पत्र त ४,५ महिना पछी मात्रै लिएकी थिए ।

मैले रिभ्युको नियुक्त्ती पत्र सँगै रडियो सगरमाथा १०२.४ मा पनि तामाङ जातीको कार्यक्रम “हाम्रो गीत हाम्रो आवाज” कार्यक्रमको सन्चालनमा आवद्द भए। यसले गर्दा मेरो पूर्णकालीन दिनचर्या पत्रकारीता मै डुब्यो ।

दिनहु रिपोर्टङमा हिंड्नु पर्ने, कहिले काही त २,३ वटा पनि भ्याउनु पर्ने अवस्था थियो । यसै क्रममा रबिन्द्र मिश्रका बहिनी डा. मन्जु मिश्रसँग पनि भेट भइ रहन्थ्यो । तर भेट्घाट निकै नै बाक्लिए पछी हामी दुईको परिचय भएको थियो । तर परिचय सँगै हाम्रो घनिष्ठता पनि बढ्दै गएको थियो ।

म त्यो समय डिल्लीबजार, पिपलबोटमा बस्थे, मेरो छोरी नजिकैको ग्यालेक्सी पब्लिकमा पढ्थी, त्यहाँकी प्रिन्सिपल गीता राणाले आयोजना गरेको पत्रकार सम्मेलन हामी दुबै जना पनि उपस्थित थियौ । अनी मैले मेरो कोठा नजिक भएकोले मैले मन्जुलाई मेरो कोठामा चिया पिएर जानको लागि अनुरोध गरे, उनले सहर्ष स्विकार गरिन ।

र मैले मन्जुलाई तिमी रुसमा मास कम्युनिकेसनमा पि एच डि गरेर आएको मान्छे, म जस्तै रिपोर्टिङ गरेर जीवन जाने हो त भनेर प्रश्न गर्दा उनले बडो उत्सुक्ताका साथमा” होइन प्रेमिला मैले मास कम्युनिकेसन सम्बन्धी कलेज खोल्दैछु, बरु तिमी स्टुडेन्ट भएर भर्ना भइदेउ न, बरु म तिमीलाई भर्ना फी लिन्न।”

उनको त्यो योजनाले म पनि प्रभावित भएको थिए । मलाई पनि पढ्न मन थियो, मास कम्युनिकेसन, तर मलाई समयको पावन्दी थियो, किनकी दिउसो जागिर गर्नु पर्ने अनी बिहान बेलुका बच्चाको लागि खाना बनाउनु पर्ने, समय दिनु पर्ने आदी । मलाई मन्जुले जहिले पनि दिनहुँ नभय पनि हप्ताको २,४ दिन भए पनि एटेन्ड गर न भन्थिन। उनको उद्देश्य थियो क्लासमा विद्यार्थिको उपस्थिती देखाउनु ।

उनले बिबिसिको रबिन्द्र मिश्रको बहिनी त भन्थिन तर मैले कहिल्यै पनि सिरियस्ली लिएकी थिईन । मेरो जापानको ६ वर्षे बसाइ पछी नेपाल फर्कदा फेरी यस्तै अन्तरराष्ट्रिय कार्यक्रममै सोल्टी होटेलको प्राङणमै मन्जु र मेरो अचानक भेट भयो । यो तर ५,६ वर्षको बिचमा हाम्रो कुनै किसिमको कम्युनिकेसन पनि भएको थिएन।

पहिलो भेटमै मैले मन्जुलाई तिमी नेपालमै बसेर यस्तो राम्रो एतिहासिक काम गरेउ, म त विदेश गए, के न के ..? बरु तिम्रो कलेजको विद्यार्थी भएको भए त तिम्रो कलेजको प्रथम ब्याजको विद्यार्थी त बन्थे,भनेर उनलाई जिस्काउदै फेरी पनि पढ्न इच्छा भएको अभिव्यक्ती दिए । तर उनले प्रतित्तरमा तिमीले नेपालको अहिलेको माग अनुसार तिमीले मास कम्युनिकेसन होइन ग्रामीण विकाश पढ् भनेर् सुझाव दिएकी थिईन ।

मन्जुले मलाई ‘प्रेमिला तिमी र म मिलेर एफ एम चलाऊ न, यही कलेजमा । उनले सोचे होलिन, मैले ५,७ वर्षमा जापानबाट टन्नै कमाइ होलिन, अनी यिनले एन्भेष्ट गर्न सक्छिन, उनको सोचाइ पनि सही हो, तर मलाई पनि चाहना नभएको पनि होइन, तर मेरो आर्थिक हैसियत त्यस्तो थिएन, जुन मन्जुले सोचेकी थिईन । म एकल महिला त्यो माथि पनि मैले दुबै कलेज पढ्ने भइसकेका छोरा छोरीलाई खर्च पुर्‍याउनु पर्ने र आफु पनि बाच्नु पर्ने भएकोले, मैले सोचे जस्तो विदेशबाट पैसा ल्याएकी थिएन।

अस्ती उनको दाईं रबिन्द्र मिश्रको सेतोपाटीमा बायोग्राफिमा उनका एउटा बहिनी मास कम्युनिकेसन कलेज चलाऊछीन भन्दा पो यस पन्तिकारलाई झल्यास याद आयो, जुन समयमा मन्जु र मेरो घनिष्ठता अनी मन्जु मलाई पत्रकारिता पढ्नको लागि गरेको आग्रहता । त्यसैले मैले नलेखिरहन सकिन, यो मनले मान्दै मानेन । अहिले मन्जुको नेपालको पहिलो पत्रकारिता बिषय पढ्ने कलेज बनेको छ।

जहाँ अहिले धेरैले पत्रकारिता बिषय पढेर जागिरे तथा पिएचडी गरेका छन । २०५७ सालमा कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी) स्थापना भएता पनि मन्जुले आफ्नो कलेज स्थापना गर्न ३,४ वर्ष पहिलेबाट नै मिहेनत गरेकी हुन । हुनत “मेहनतको फल मिठो हुन्छ” भन्ने उखान टुक्कालाई यथार्थ परिणत गरेरै छाडिन ।

लक्ष्य प्राप्तिको दौड र अभियानमा रबिन्द्र मिश्रले रोजेका नयाँ राजनैतीक आयाममा पनि उनका बहिनी मन्जु मिश्रको नेपाललाई पत्रकारिता क्षेत्रमा दिएको योगदान र भूमिकाले उनका दाजुलाई पक्कै पनि उचाइमा पुर्याउनेछन भन्ने आशा छ ।

प्रेमिला गौचन हाल जापानमा बस्छिन |

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More