राजपालाई नयाँ निर्वाचन चिह्न दिन नमिल्ने आयोगको ठहर

14 August, 2017 00:35 | राजनीति | comments | 22050 Views

निर्वाचन आयोगले हालै गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा) लाई असोज २ गते हुने निर्वाचनमा छाता निर्वाचन चिह्न दिन नसकिने स्पष्ट पारेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार सत्तारूढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राजपाका नेता तथा आयोगका पदाधिकारीसहितको छलफलमा तत्काल राजपाले निर्वाचन चिह्न दिन नसकिने आफूहरुले जानकारी गराएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी दिनुभएको हो ।

राजपा एकता हुनुअघिका छ दलमध्ये कुनै दलको निर्वाचन चिह्न लिएर निर्वाचनमा सहभागी हुन सक्ने बैठकले निष्कर्ष निकालेको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

नयाँ मतपत्र छपाइका क्रममा राजपामा आबद्ध छ दलका निर्वाचन चिन्हमध्ये पाँचवटा निर्वाचन चिह्न हटाएर एक दलको मात्र निर्वाचन चिह्न राखेर मतपत्र छाप्न सकिने वा नसकिनेबारे आयोगले सोमबारसम्म परामर्श गरी जानकारी दिने बैठकमा सहमति भएको छ ।

यसैबीच, सत्तारूढ दल र राजपाका नेताहरुबीच आइतबार नै बसेको छुट्टै बैठकमा मंगलबार संविधान संशोधन विधेयक मतदानका लागि लैजाने सहमति भएको राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिनुभयो । उहाँले तराईको बाढीपीडितको राहत तथा उद्धारमा युद्धस्तरमा खटिन आग्रह गरेको बताउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More