राजपाले दियो कडा आन्दोलनको चेतावनी

24 May, 2018 19:15 | राजनीति | comments | 22950 Views

सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

सो सांसद बृषेशचन्द्र लालले राष्ट्रियसभाको बिहीबारको बैठकमा संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभएको हो ।

adsads

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै लालले संविधान संशोधन गर्नुपर्ने आफूहरुको माग सम्बोधन नगरे मधेशका जनतालाई सहृय नहुने पनि बताउनुभयो ।

सांसद लालले मधेशमाथि विभेद हुने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएकाले आफूहरुले विरोध गर्नु परेको दावी समेत गर्नुभयो ।

त्यसैगरी संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले पनि संविधान संशोधन गर्ने आफूहरुको अडान नीति तथा कार्यक्रममा समावेश गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै मधेशको विकासका लागि विशेष आर्थिक कार्यक्रम ल्याउन पनि सरकारसँग माग गर्नुभयो ।

राष्ट्रिय जनता पार्टी दल दर्ताका लागि आयोग पुग्यो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

कांग्रेस भेला

फेसबुक

कांग्रेस भेला

ट्वीटर

सामाजिक सञ्जाल

More