राजपा सकस : चुनाव आइसक्यो शिर्ष नेता अन्योलमै

11 September, 2017 15:07 | बिचार | comments | 9000 Views

प्रकाशप्रकाश कँडेल

संविधान घोषणाको दिन नजिकिंदै थियो यस्तोमा संविधानमा आफ्ना मागहरु पर्याप्त रुपमा नसमेटिएको भनेर मधेसवादीदलहरु संविधान घोषणा बहिष्कार गर्दै आन्दोलनमा होमिए ।

संविधान संशोधनको एकसूत्रीय मागले नेपाल लामो समय आन्तरीक झमेलामा फस्यो । मधेसवादी दलको अवरोध देखाउँदै भारतले ३ महिना लामो नाकाबान्दीनै गर्यो यद्धपि आन्दोलनले सार्थक्ता पाएन त्यो विचमा धेरै मधेसी युवाहरु सहीद भए । तर आन्दोलन एकातिर भएपनि संविधानमा घोषित मितिमा चुनाव नभए देश थप जटिल्तामा धेकेलिने पक्का थियो ।

यस्तोमा मधेस आन्दोलन विस्तारै शान्त त भयो तर चुनावि वातावरण बन्न भने सकेन् । यसैबिच केपि ओली नेतृत्वको सरकार ढालेर प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाएपछि मधेसवादी दल केहि लचक बने संविधान संशोधनको माग पुरा गर्ने आश्वासन दाहालले दिएपनि एमालेको समर्थन विना दुई तिहाई पुग्न असम्भव जस्तै थियो ।

यस्तोमा देशका अन्य प्रदेशहरुमा दुई चरणमा निर्वाचन सम्पन्न भयो । तर दुई नम्बर प्रदेशको निर्वाचन भने संसयमानै पर्न गयो । परिणामत विभिन्न ६ दल मिलेर बनेको राजपाले संविधान संशोधन निर्णयआर्थ पेश गुर्न पर्ने र पास फेल जे भएपनि सहभागि हुने आश्वासन दिएपछि मधेसमा निर्वाचनको वातावरण बनेको थियो । संविधान संशोधनले मधेसवादी दलको माग पुरा गर्ने भनिएपनि संशोधन संसदबाट पास हुन सकेन् त्यसपछि सबैदलहरु मधेस केन्द्रीत बने । स्थानीय तहको तेस्रो चरणको चुनावको सरगर्मी बढेको छ । तर लामो समय मधेसको मुद्धामा ठुलो हिस्सेदारका रुपमा रहेको राजपाका  शीर्ष नेताहरु भने अझै मधेस झर्न सकेका छैनन् ।

पछिल्लो समय टिकट वितरणमा असन्तुष्टि बढेपछि ६ मधेसकेन्द्रित दल मिलेर बनेको राजपाका शीर्ष नेताहरु मधेस झर्न हिचकिचाएका हुन् । राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका तीन शीर्ष नेता रहेका कारण पनि राजपाको मुटु मानिने सर्लाही जिल्लामै नेताहरु झर्न सकेका छैनन् । अध्यक्ष मण्डलका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महत्तो र महेन्द्र राय यादव सर्लाहीका हुन् । यादव आइतबारमात्र सर्लाही पुगेपनि अन्य दुईनेता काठमाडौंमा तराई झर्नेकी नझर्ने अन्योलमानै बसेका छन् ।

प्रतिकूल अवस्थामा पनि सर्लाही-५ बाट प्रत्यक्ष चुनाव जितेका जंगीलाल राय यादव दलबलसहित बाहिरिएपछि स्थानीय कार्यकर्तामा रहेको असन्तुष्टि झेल्नुपर्ने अवस्था भएकाले शीर्ष नेता आफ्नै गृहजिल्ला झर्न हच्किएका हुन् । राजपा महासचिव समेत रहेका जंगीलाल आफ्ना पक्षका केही कार्यकर्तालाई टिकट दिलाउन नसकेपछि पार्टीबाट बाहिरिएका हुन्।

राजपा अध्यक्ष मण्डलका अन्य नेतामा राष्ट्रिय मधेस समाजवादी पार्टीका शरतसिंह भण्डारी (महोत्तरी), मधेसी जनअधिकार फोरम गणतान्त्रिकका राजकिशोर यादव र संघीय सद्भावना पार्टीका अनिल झा छन् । प्रदेश-२ का ८ वटै जिल्लामा टिकट वितरणमा विवाद भएका कारण यादव र झा मधेस झरेका छैनन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका दोस्रो तहका नेताहरु मधेस झरेर आफ्ना उम्मेदवारका प्रचारमा जुटिरहेका छन्। उपप्रधानमन्त्री तथा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार शनिबार र आइतबार वीरगन्जमै रहेर प्रचारमा जुटे।

यस्तोमा दुई चरणको स्थानीय तहको चुनावमा सहभागी नभएको र तेस्रो चरणको चुनावलाई प्रतिष्ठाको विषय बनाएको राजपाका शीर्ष नेताहरु भने खासै सक्रिय देखिएका छैनन् । उनीहरु भित्रको असन्तुष्टीले कार्यकर्ता पलायनको ठुलो क्षती निर्वाचन परिणाममा पनि पर्ने तर्फ समयमानै सचेत नभए राजपाको भविष्य थप अन्योल ग्रस्त हुने पक्का छ ।

भ्रष्टाचारीले आजीवन चुनाव लड्न नपाउने विधेयक पारित, नो भोटको ब्यबस्था भने हटाइयो

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More