राजविराज नगरपालिकाको प्रमुख र उपप्रमुखमा राजपा

28 September, 2017 11:00 | स्थानीय तह निर्वाचन | comments | 57450 Views

सप्तरीको राजविराज नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल विजय भएको छ ।

राजपा नेपालका प्रमुखका उम्मेदवार शम्भु यादव चार हजार ७७४ मत प्राप्त गरी विजयी हुनभएको हो । यस्तै उपप्रमुखमा राजपा नेपालका साधना झाले पाँच हजार १९५ मत प्राप्तगरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालकी किरण साहले चार हजार २६९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राजविराज नगरपालिका वडा नं १ मा राजपा नेपाल, २ मा संघीय फोरम नेपाल, ३ मा स्वतन्त्र, ४ मा माओवादी केन्द्र, ५ मा नेपाली काँग्रेस, ६ मा माओवादी केन्द्र, ७ मा स्वतन्त्र, ८ मा माओवादी केन्द्र, ९ मा राजपा नेपाल, १० मा राजपा नेपाल, ११ मा माओवादी केन्द्र १२ मा संघीय फोरम नेपाल, १३ मा संघीय फोरम, १४ मा राजपा नेपाल, १५ संघीय फोरम नेपाल र वडा नं १६ मा राजपा नै विजयी भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

यसअघि सप्तरीमा रहेको १७ वटा स्थानीय तहमध्ये डाकनेश्वरी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननगर कंकालनी नगरपालिका र रुपनी गाउँपालिकामा राजपा नेपाल नै विजयी भएको थियो ।

त्यस्तै बोदेबर्साइन नगरपालिका खडक नगरपालिका, तिरहत गाउँपालिका, महदेवा र बलान गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजय भएको छ ।

अग्निसाइ कृष्णासवरम गाउँपालिका, बेल्ही चपेना गाउँपालिका, विष्णपुर गाउँपालिका र शम्भुनाथ नगरपालिका तथा सुरुङ्गा नगरपालिकामा नेपाली काँग्रेस विजयी भएका छन् । यस्तै सप्तकोशी नगरपालिका र कंचरुप नगरपालिकामा नेकपा(एमाले) र छिन्नमस्ता गाउँपालिकमा नयाँ शक्ति पार्टीले विजय प्राप्त गरेका थिए ।

महोत्तरी जिल्लाको मतगणना सकियो : राजपा पहिलो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More