राजश्व र व्ययको अनुमान बजेटमाथि छलफल

18 June, 2018 09:58 | प्रदेश , प्रदेश ३ | comments | 33600 Views

हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभामा असार १ गते प्रस्तुत भएको राजश्व र व्ययको बजेट अनुमानमाथि संसद्मा छलफल भएको छ ।

adsads

आइतबारदेखि शुरु भएको छलफलमा सहभागी सत्तापक्ष र विपक्षका सांसदहरुले बजेटमा रहेका कार्यक्रम स्वागतयोग्य भए तापनि केही अपुग भएको बताउनुभएको छ ।

आइतबारको छलफलमा २८ जना सांसदहरुले भाग लिनुभएको थियो भने सबै सांसदहरुले बजेटले अत्याधुनिक कृषिलाई समेटेको भएतापनि यसमा मलजलको भने विषय प्रस्तुत नभएको र यसलाई थप्न संसद्मार्फत आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेललाई आग्रह गर्नुभएको थियो । पहिलो बजेट भएकाले केही अपुगजस्तो लागेको सबै सांसदहरुको भनाइ थियो ।

राप्रपाका सांसद रिता माझीले यो बजेटले संघीयताको उपेक्षा गरेकाले संघीयता नटिक्ने र आफू र आफ्नो दलले त्यही चाहेको बताउनुभएपछि उहाँभन्दा पछाडि बोल्ने सांसदहरुले यस्तो कसैलाई नलागेको भन्दै विरोध जनाउनुभएको थियो ।

सांसदहरु राजेन्द्र पाण्डे, बुद्धिमान माझी, राधा घले, रमेश पौडेल, सुरेन्द्रराज गोसाइँ, रिता माझी, नारदबहादुर सिलवाल, हीरानाथ खतिवडा, मणिराम फुयाँल, न्हुच्छेनारायण श्रेष्ठ, लालकुमारी पुन, प्रभात तामाङ, गणेशप्रसाद दुलाल, प्रेमबहादुर पुलामी, शशिजंग थापा, सीता अधिकारी, वसन्तप्रसाद मानन्धर, ओमबहादुर घलान, योगेन्द्रप्रसाद संग्रौला, राजेश शाक्य, सरस्वती बस्नेत, विजय सुवेदी, शान्ति थिङ, केशवप्रसाद पोखरेल, चेतनाथ संजेल र जीवन खड्काले बोल्नुभएको थियो ।

प्रदेश नं ३ मा पेट्रोलबाट चल्ने सवारी साधन निषेध गरिने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

फेसबुक

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

ट्वीटर

सामाजिक सञ्जाल

More