राजु लामा सांगीतिक साँझको तयारी अन्तिम चरणमा

19 April, 2017 11:00 | जापान | comments | 1650 Views

raju-lama

जापानमा रहेका काभ्रेलीहरुको साझा सामाजिक संस्था काभ्रेली समाज, जापानले राजु लामा लाईभ सांस्कृितक साँझ कार्यक्रम अन्तिम चरणमा पुगेको समाजको अध्यक्ष मेख लामाले बताउनुभएको छ ।

विशुद्ध सामाजिक सेवा गर्ने उद्देश्यले २०१६ सेप्टेम्बर ४ मा स्थापना भएको काभ्रेली समाज जापानले छोटो समय मै विभिन्न क्षेत्रहरुमा सामाजिक सेवाहरु प्रदान गर्दै आएको छ । जापानमा हुने हरेक घटनाहरूमा सक्दो आर्थिक सहयोगका साथै जापानमा बिभिन्न संघ संस्थासंग समन्वय समेत गर्दै आइरहेको छ ।

यसै क्रमसंगै यहि आउँदो अप्रिल ३० आइतबार गोल्डेन वीकको पावन अवसरमा सडक बालबालिकाहरुको शिक्षा र स्वास्थ्यको सहयोगार्थ राजु लामा लाईभ संस्कृतिक साँझ २०१७ कार्यक्रम को आयोजना गरेको हो जुन अन्तिम तयारीमा रहेको सामाजका संरक्षक द्वय भुवन अधिकारी र कपिलदेब थापाले जानकारी दिनु भएको छ ।

यस सांस्कृतिक कार्यक्रमको लागि अहिलेको चर्चित युबा गायक राजु लामा जापान आउने भएका छन् । यसको साथै जापान मै रहेका स्थानीय कलाकारहरूको बेजोड़ प्रस्तुति रहनेछ साथमा लोक दोहोरी, सेलो दोहोरी,
बेली नृत्य र डिजे सेसन समेत रहने र यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भैसकेको समाजका सचिब रूपक तामाङले जानकारी दिएका छन् ।

टोक्योको मेगुरो स्थित कुमिन सेन्टर हलमा अप्रिल ३० तारिख दिनको ४ बजेबाट शुरु हुने कार्यक्रमको लागि जापानबासी सम्पूर्णलाई उपस्थित भई कार्यक्रम सफल परिदिन हुन आयोजक संस्था काभ्रेली समाज जापानले आग्रह समेत गरेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More