Saturday 25, February 2017
नेपाली समय: 10:50:14
जापानी समय: 02:05:14

राज्य निर्माणमा पृथ्वीनारायणको भूमिका ऐतिहासिक : प्रधानमन्त्री प्रचण्ड

11 January, 2017

pm-dahal-rpp-programme

२९५ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुभएको छ ।

पृथ्वी जयन्तीका दिन बिदा दिनुपर्ने चौतर्फी दवावकाबीच सरकारले बिदा नदिएको भन्दै आलोचना खेपेको सरकार प्रमुख प्रधानमन्त्री प्रचण्डले राप्रपाको चियापान कार्यक्रममा पृथ्वीनारायण शाहको मुक्त कण्ठले प्रशंसा गर्दै राप्रपाको पनि तारिफ गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सो अवसरमा पृथ्वीनारायण शाहले बलियो केन्द्रीकृत राज्य निर्माणका लागि भूमिका खेलेको बताउँदै ऐतिहासिक भौतिकवादले उहाँको यो भूमिकालाई सकारात्मक रुपमा हेर्ने बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बुधबारकै क्याबिनेट बैठकमा सरकारी विदाबारे समीक्षा गर्न समिति गठन गरिएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । प्रधानमन्त्रीको भनाइ थियो, ०६२।०६३ को आन्दोलनपछि विदाको स्पष्ट नीति नबनेको बताउँदै कुन दिनमा विदा दिनु उचित छ र कुनलाई उचित छैन भन्ने अध्ययन गरेर प्रतिवेदन पेश गर्न बुधबारको क्याबिनेटले समिति गठन गरेको जानकारी समेत दिनुभयो ।

त्यसै गरी प्रधानमन्त्री प्रचण्डले राप्रपाले प्रत्येक वर्ष पृथ्वी जयन्तीका दिन चियापान आयोजना गरेर एउटा राजनीतिक मूल्य स्थापित गरेको छ राप्रपालाई धन्यावाद समेत दिनुभयो ।

पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads