राप्रपाका जिल्ला सहमहामन्त्री एमालेमा प्रवेश

18 January, 2018 22:47 | राजनीति | comments | 70350 Views

राप्रपा सल्यानका अध्यक्षसहित कार्यसमितिका अधिकाँश सदस्य एमालेमा प्रवेश गरेका छन् । नेकपा (एमाले)का पार्टी कार्यालय खलंगामा आज आयोजित पत्रकार सम्मेलनमा राप्रपाका सहमहामन्त्री मनोजकुमार प्रधान, केन्द्रीय सदस्य राजेन्द्रवीर राई, जिल्ला अध्यक्ष मनोजकुमार सिंहसहित कार्यसमितिका अधिकाँश सदस्य एमालेमा प्रवेश गरेको एमालेका जिल्ला सचिव रमेशकुमार गौतमले जानकारी दिए ।

adsads

आफ्नो पार्टीले उठाएको हिन्दू राज्यको माग जायज नभएको जनमतले प्रमाणित गरिदिएकाले आफूहरु एमालेमा प्रवेश गरेको राप्रपा नेपालका जिल्ला सिंहले भने, “राप्रपाले उठाएको हिन्दू राज्यको मागमा तीन लाखले साथ दिन सकेनन्, अब राप्रपाको नारा र झण्डा लिएर कार्यकर्ताबीच जाने अवस्था रहेन त्यही भएर हामीले एमालेमा प्रवेश गर्ने निर्णय गरेका हौँ ।”

नवप्रवेशी सबैलाई पार्टीमा स्वागत गर्दै एमालेका जिल्ला अध्यक्ष गोविन्द पुनले उनीहरुलाई सम्मानजनकरुपमा व्यवस्थापन गरिने जानकारी दिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More