Thursday 30, March 2017
नेपाली समय: 06:28:59
जापानी समय: 09:43:59

राप्रपाको केन्द्रिय सदस्य बन्नको लागि कोमलले छोडिन रेडियो नेपालको जागिर

17 February, 2017

विगत २० बर्षदेखि रेडियो नेपालमा काम गर्दै आएकी गायिका कोमल वलीले अन्ततः सरकारी जागिर छाडेकी छिन् । कोमल अहिले ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’मा प्रवेश गरेर राष्ट्रिय राजनीतिमा आउने तयारीमा छिन् । केहि समय अगाडि, कोमललाई रेडियो नेपालको प्रशासनले स्पष्टिकरण समेत सोधेको थियो ।

komal-oli

कुनै, व्यक्तिले ‘हेल्लो सरकार’मा रेडियो नेपालमा काम गरिरहेको मानिसले राजनीति गर्न पाइन्छ भनेर ट्विट मार्फत प्रश्न गरेका थिए । त्यसपछि, संचार मन्त्रालयले रेडियो नेपालको प्रशासनसँग यसको जवाफ मागेको थियो । रेडियो नेपालको प्रशासनले कोमललाई स्पष्टिकरण सोधेको थियो ।

यस बिषयमा कोमलले भनिन्-‘हो, मैले रेडियो नेपालबाट राजीनामा दिएकी छु । अब, म राप्रपाको केन्द्रीय सदस्यको उम्मेदवारी दिदैछु । यसैले, राजनीतिमा पूरा समय दिने उद्देश्यले रेडियो नेपालको जागिर छाडेकी हुँ ।’कोमल वलीले आफ्नो गायकी भने नछाड्ने बताएकी छिन् ।

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo