Thursday 30, March 2017
नेपाली समय: 06:27:25
जापानी समय: 09:42:25

राप्रपा महाधिवेशन राजनीतिक–आर्थिक कार्यपत्र प्रस्तुत

18 February, 2017

rpp

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनको उदघाटन सत्र सकिएपछि बन्दसत्र सुरु भएको छ । भृकुटीमण्डपमा निर्धारित समयभन्दा केही घन्टा ढिलो सुरु गरिएको बन्दसत्रमा राजनीतिक विषयवस्तु तथा पार्टीको भावी रणनीतिका बारेमा समीक्षा तथा छलफल सुरु भएको छ ।

बन्दसत्रमा पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र तथा राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।

केन्द्रीय अध्यक्ष थापाको राजनीतिक कार्यपत्रमा हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र कायम गर्ने पार्टीको वैचारिक दृष्टिकोण छ । सङ्घीयताका विकल्पमा स्थानीय स्वायत्त शासनलाई प्राथमिकता दिने सो दस्तावेजमा उल्लेख छ ।

त्यसैगरी अध्यक्ष डा लोहनीका कार्यपत्रमा आर्थिक उदारवादका माध्यमबाट सामाजि रुपान्तरण कायम गर्ने उपाय प्रस्तुत गरिएको छ ।

ती कार्यपत्रमाथि छलफल समेत सुरु भएको छ । शनिबार ती दुवै कार्यपत्र छलफलपछि पारित गरिने प्रवक्ता राजाराम श्रेष्ठले बताउनुभयो । यही फागुन ८ गते पार्टीलाई अहिलेसम्म निर्देशित गरिरहेको अन्तरिम विधान पनि परिमार्जनसहित पारित गरिने छ । महाधिवेशन यही फागुन ९ गतेसम्म चल्ने छ ।

वीपी सम्झदै थापाले भने- गणतन्त्र र राजतन्त्रको फ्यूजन गरौं

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo