राप्रपा विभाजन आइतबार टुंगो लाग्ने

13 August, 2017 00:35 | राजनीति | comments | 6150 Views

कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनबारे निर्वाचन आयोगले भोलि आइतबार अन्तिम टुंगो लगाउने भएको छ । राप्रपाका असन्तुष्ट पक्ष पशुपतिशमशेर राणा समूहले ४० प्रतिशत पुगेको दाबी गर्दै दल दर्ताका लागि यही साउन २२ गते आयोगमा निवेदन दिएको थियो ।

उक्त निवेदनउपर सनाखतका लागि आयोगले भोलि छलफलमा बोलाएकाले दल विभाजनको टुंगो भोलि नै लाग्ने राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार राप्रपालाई १६५ जनाको कार्यसमिति रहेको सनाखत आयोगले गरेको छ । यी सदस्यमध्येबाट राणा समूहले ४० प्रतिशत पुगेको भनी राप्रपा (प्रजातान्त्रिक) दल बनाउन निवेदन दिएको छ ।

निर्वाचन आयोगको राजनीतिक दलसम्बन्धी ऐनको दफा (३३) को उपदफा (२) मा संसदीय दलको ४० प्रतिशत र केन्द्रीय समितिको ४० प्रतिशत सदस्यले हस्ताक्षर गरेर नयाँ दलको मान्यता दिने भन्ने व्यवस्था छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More