रारा ताल हेर्न पुगे ४० हजार पर्यटक

3 January, 2017 16:31 | कर्पोरेट/पर्यटन

216956576rara_1440070592
रारा घुम्ने पर्यटकको संख्या ४० हजार पुगेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न नेपाल पर्यटन वोर्डले सञ्चालन गरेको “घुमफिर वर्ष–२०७३” सञ्चालनको ९ महिनामा पर्यटकको संख्यामा वृद्धि भएको हो ।

यस कार्यक्रमपछि पर्यटन व्यवसायीले प्याकेज मै रारा पुग्ने सेवा सञ्चालन गरेकाले उक्त परिमाणमा पर्यटक पुगेको बोर्डले जनाएको छ ।

वोर्डका कार्यकारी सदस्य कृष्ण अर्यालले यो वर्ष रारा क्षेत्रको स्थिर पर्यटनलाई चलायमान बनाएको बताए । घुमफिर वर्ष सञ्चालन भएको नौ महिनामा ४० हजार पर्यटक रारा पुगेको बताउँदै उनले पर्यटक भनेको विदेशी मात्रै हुन्छन भन्ने भ्रम मुक्त हुदै गएको बताए ।
उनले रारा तालको प्रर्वधनमा सोसाइटी अफ ट्राभलर एन्ड टुर्स एसोसियसन नेपाल (सोट्टो) ले प्याकेज मै कार्यक्रम सञ्चालन गरेकाले पनि आन्तरिक पर्यटनमा टेवा पुगेको बताए ।

रारा क्षेत्रलाई प्रर्वधन गर्न ‘रारा बास देखि रारा ताल सम्म’ भन्ने प्याकेज नै सञ्चालन गरेको सोट्टो नेपालले जनाएको छ । नेपालगन्जको आरक्षण क्षेत्र गाँवर भ्याली देखि रारा ताल लगाएत सुदुरपश्चिम क्षेत्रको पर्यटकीय प्रवर्धनमा प्याकेजले महत्वपुर्ण सहयोग गरेको सोट्टोले दाबी गरेको छ ।

सोट्टो–नेपालका अध्यक्ष अनिल लामाले रारा क्षेत्रको पर्यटकीय प्रर्वधन गर्न पर्यटन व्यवसायीको अतुलनीय भुमिका रहेको बताए ।

दैलेख रारा पछिको दोस्रो गन्तव्य बन्दै

ads
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More