चिनियाँ राष्ट्रपतिलाई बधाई ज्ञापन चिनियाँ राष्ट्रपतिलाई बधाई ज्ञापन

  • चिनियाँ राष्ट्रपतिलाई बधाई ज्ञापन
  • चिनियाँ राष्ट्रपतिलाई बधाई ज्ञापन
  • चिनियाँ राष्ट्रपतिलाई बधाई ज्ञापन
  • चिनियाँ राष्ट्रपतिलाई बधाई ज्ञापन
  • चिनियाँ राष्ट्रपतिलाई बधाई ज्ञापन
  • चिनियाँ राष्ट्रपतिलाई बधाई ज्ञापन

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा चिनियाँ राष्ट्रपतिलाई बधाई ज्ञापन

18 March, 2018 09:07 | राजनीति | comments | 23100 Views

चिनियाँ राष्ट्रपतिलाई बधाई ज्ञापन

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङ फिङलाई चीनको राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ ।

शनिबार एक बधाई सन्देश दिनहुँदै राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच सुमधुर आपसी सम्बन्ध रहँदै आएको र सो मैत्री सम्बन्ध आगामी दिनमा पनि झन् प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले चिनियाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकामा वाङ क्वीसानलाई बधाई ज्ञापन गर्नुभएको छ । उपराष्ट्रपति पुनले आफ्ना चिनियाँ समकक्षीलाई शनिबारै दिनुभएको बधाई सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनमा अझ मजबुद हुने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चिनियाँ राष्ट्रपति सि जिङ फिङ पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । प्रधामन्त्री ओलीले शनिबार दिनुभएको बधाई सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै उच्चस्तरमा हुने भ्रमण र जनस्तरको सम्बन्धले यसलाई अझ प्रगाढ बनाउने बताउनुभएको छ ।

सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको र नेपालको भूमी चीनविरुद्ध प्रयोग हुन नदिइने उल्लेख गर्नुभएको छ । साथै, प्रधानमन्त्री ओलीले राष्ट्रपति फिङको कार्यकालमा दुई देशबीचको आपसी सम्बन्ध अझ दरिलो हुने विश्वास व्यक्त गर्नुभएको छ ।

चीनको राष्ट्रपतिमा सि चिनफिङ सर्वसम्मत निर्वाचित

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
चिनियाँ राष्ट्रपतिलाई बधाई ज्ञापन

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पर्यटकीय पदमार्ग निर्माण शुरु

फेसबुक

पर्यटकीय पदमार्ग निर्माण शुरु

ट्वीटर

सामाजिक सञ्जाल

More