राष्ट्रपति निर्वाचन : मतदान सकियो चार बजेदेखि गणना हुने

13 March, 2018 18:56 | राजनीति | comments | 83100 Views

आगामी पाँच वर्षका लागि चयन हुने राष्ट्रपति निर्वाचनको मतदानन सकिएको छ । मंगलबार विहान दश बजेदेखि दिउँसो तीन बजेसम्म मतदान भएको हो ।

adsads

मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि भएको मतदानको मतगणना दिउँसो चार बजे सुरु हुने बताइएको छ । नयाँ राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राई चुनावी मैदानमा उत्रिएका छन् ।

भण्डारीलाई सत्तारूढ वाम गठबन्धन तथा राईलाई विपक्षी नेपाली कांग्रेसको समर्थन छ । राष्ट्रपतिमा विद्यादेवी भण्डारीको विजय सुनिश्चित जस्तै छ ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद् तथा प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । कानुनले संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसद्का ३ सय ३४ र सातवटै प्रदेशसभाका ५ सय ५० सदस्य मतदाता थिए।

निर्वाचन आयोगले संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ जनाको अन्तिम नामावली प्रकाशित गरेको थियो। नामावली प्रकाशनपछि शपथग्रहण गर्न पाएका राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत ३ सदस्यले मतदान गर्न पाउने छैनन् ।

राष्ट्रपति निर्वाचनमा कुन दलको कति मत ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More